काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाई म्याद थपका लागि अदालत लगिएको छ ।बुधबार साँझ पक्राउ परेका पाँडेलाई अदालत लगिएको साइबर ब्यूरो भोटाहिटीका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले जानकारी दिए । सुरुमा सरकारी वकिल कार्यालयमा पेश हुनेछ । त्यसपछि उनलाई अदालत पुर्याइने छ ।
एक महिलाले उजुरी दिएपछि पक्राउ गरिएको साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीले बताए । पक्राउ पूर्जी जारी भएपछि पाँडे बुधबार साँझ साइबर ब्युरोमा उपस्थित भएका थिए। ब्युरोका प्रवक्ता दिपकराज अवस्थीका अनुसार एक महिलाले उनीविरुद्ध गालीगलौज तथा अपशब्द प्रयोग गरेको आरोपमा उजुरी दिएकी थिइन्। वातावरणविद् पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । उनी रास्वपा सरकारमा रहेको बेलामा २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए । यता हिजो मात्रै एमाले केन्द्रीय सदस्य ऐन महर पनि पक्राउ,पुर्जी जारी भए पछि आफै हाजिर भएका थिए । सामाजिक सञ्जालबाट पटक–पटक चरित्रहत्या गरेको भन्दै पीडित महिलाले उजुरी दिएपछि अदालतबाट पक्राउ पुर्जी जारी भए पनि महरले सत्ताको आशीर्वादमा हिरासत बस्नबाट उन्मुक्ति पाएका छन् । उनी ४ –५ घण्टा पनि राम्रोसंग हिरासतमा बस्नु परेन ।
सत्ताकै आडमा उनी हिजै छुटिहाले । पक्राउ छल्न बुधबार दिउँसो आफैँ भोटाहिटीस्थित प्रहरीको साइबर ब्युरो पुगेका महरलाई म्याद थप प्रक्रियाका लागि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय पुर्याइएको थियो । तर, सरकारी वकिलले म्याद थपका लागि जिल्ला अदालत नै नलगी हाजिरी जमानीमा छाड्ने निर्णय गरेर महरलाई तीन घण्टामै ससम्मान घर पठाएको हो । महरलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले नै अनुमति दिएको थियो । यसबाहेक पनि उनीविरुद्ध बलात्कारको अर्को जाहेरी पनि प्रहरीमा छ । महरसँगै उनकी पत्नी पनि प्रहरीमा सँगै उपस्थित भएकी थिइन्। उनीविरुद्ध पनि छुट्टै उजुरी थियो। सरकारी वकिल कार्यालयले उनलाई पनि हाजिरी जमानीमै रिहा गरिदिएको हो ।
गाली बेइज्जती तथा चरित्र हत्या गरेको भन्दै एक महिलाले उनीविरुद्ध हुलाकमार्फत साइबर व्युरोमा जाहेरी दिएकी थिइन् । त्यसपछि उनीविरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएको थियो। आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि महर अनुसन्धानमा सघाउने भन्दै आफैँ साइबर ब्युरोमा उपस्थित भएका थिए। यसअघि महरविरुद्ध जाहेरी दिने महिलालाई पनि सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा रिहा गरेको थियो। महरले उनीविरुद्ध ब्युरोमै जाहेरी दिएका थिए। पछिल्लो समय साईबर सम्बन्धी मुद्धाहरु बढ्न थालेका छन्।