Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेन शाहले काठमाडौँमा चुरोट खाने ब्यक्ति बाट ११ दिनमा उठाए ३१ हजार जरिवाना, अब जथाभावी चुरोट खान नपाईने

बालेन शाहले काठमाडौँमा चुरोट खाने ब्यक्ति बाट ११ दिनमा उठाए ३१ हजार जरिवाना, अब जथाभावी चुरोट खान नपाईने

काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन शाहले सार्वजनीक स्थानमा धुम्रपान गर्ने ब्यक्तिलाई धमाधम जरिवाना तिराउन थालेको छ । साामजिक सञ्जाल तथा सञ्चार माध्यममा नगर प्रहरीले त्यस्ता ब्यक्तिहरुलाई कारवाहि गरेका भिडियोहरु भेटिन थालेका छन्। एक पटक चुरोट खादा महानगरले ५०० रूपैयाँ जरिवाना तिराउने गरेको छ । सार्वजनीक स्थल, सांस्कृतिक सम्पदा, स्कुल, स्वास्थ्य संस्था, विभिन्न पार्कमा धुम्रपान गर्न पाईँदैन । काठमाडौं महानगरपालिकाका नगर प्रहरीले भदौ १ गतेदेखि सार्वजनिक स्थानमा अनुगमन गर्दै त्यसरी धुम्रपान गर्नेलाई यतिखेर धमाधम जरिवाना तिराई रहेको छ । महानगरले भदौ १ गतेबाट भने कारबाही प्रक्रिया सुरू गरेको छ ।

काठमाडौं महानगरपालिका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले भदौ १ गतेदेखि हालसम्म सार्वजनिक स्थानमा धुम्रपान गर्ने ६२ जनालाई कारबाही गरिएको जानकारी दिएका छन । उनका अनुसार यी सबैलाई ५ सयका दरले जरिवाना तिराइएको छ । उक्त हिसाबले महानगरपालिकाले उनीहरूबाट ३१ हजार जरिवाना लिएको छ । गत साउन ९ गतेदेखि झण्डै एक महिनासम्म सार्वजनिक स्थानहरूबाटै यसबारे प्रचारप्रसार गरिएको थियो । महानगरका अनुसार निजी सम्पत्तिबाहेकका सबै स्थलमा यो नियम लागू भएको छ । सडक, पार्क, सरकारी कार्यालय, बसपार्क, सार्वजनिक यातायात, स्वास्थ्य संस्था लगायत स्थानहरुमा धुम्रपान गर्न पाईदैन । यस्तो नियम लागू गर्नुको मुख्य उद्देश्य जनस्वास्थ्य संरक्षण रहेको महानगरले जनाएको छ ।

विशेषगरी बालबालिका,वृद्धवृद्धा तथा सर्वसाधारणको स्वास्थ्यमा यसको प्रत्यक्ष असर पर्ने भएकाले महानगरले कडा निर्णय गरेको हो । महानगरपालिकाले नागरिकलाई सचेत बनाउने उद्देश्यले पोस्टर, सूचना, अनुगमन र हटलाइनमार्फत यसबारे जानकारी दिन थालिसकेको छ। त्यसपछि पनि नियम उल्लङ्घन गरेमा जरिवाना गरिने महानगरको भनाइ छ । महानगरपालिकाले ऐन पारित गर्दै सार्वजनिक स्थानमा धुम्रपान गरेको पाइएमा पहिलोपटक ५ सय रूपैयाँ र दोहो¥याएर उल्लंघन गरेमा जरिवाना दोब्बर गरिने व्यवस्था गरेको छ । सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य निषेध गर्दै सार्वजनिक स्थललाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त गर्ने महानगरपालिकाको योजना छ।

इस्तै महानगरले धुम्रपान सार्वजनिक स्थानमा पोस्टर, पम्प्लेट, स्टिकर टाँस्ने र प्रचार सामग्री वितरण गरी फोहोर गरेमा ५ हजार देखि ५० हजार रुपैयाँ सम्म जरिवाना गरिने व्यवस्था गरिएको छ। गल्ती दोहोरिएमा हरेक पटक जरिवाना दुब्बर गरिने निर्णय भएको पाण्डेले जानकारी दिए। उनले जनचेतना अभिवृद्धि सँगै महानगरको नियम पालनामा सबै नागरिकको सहयोग अपेक्षा गरिएको बताए। त्यस्ते महानगरले पार्किङमा पनि यस्तै नियम लागु गरिसकेको छ । अहिले महानगरमा जथाभावी पार्कीङ पनि गर्न पाईदैन ।