Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री ओलीको बालुवाटारमा ब्रिफिङ: रविलाई आफुले बनाएको दाबी,विद्या र राजेन्द्र प्रति फायर

प्रधानमन्त्री ओलीको बालुवाटारमा ब्रिफिङ: रविलाई आफुले बनाएको दाबी,विद्या र राजेन्द्र प्रति फायर

काठमाडौँ । रवि लामिछानेलाई आफुले बनाएको प्रधानमन्त्री के पी शर्मा ओलीले बताएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले  विधान महाधिवेशनका प्रतिनिधिलाई बुधबार साँझ बालुवाटारमा बोलाएर लामो प्रशिक्षण दिनेक्रममा उनले रबि लामिछानेलाई आफुले बनाएका बताएका हुन । ओलीले एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलासहित काठमाडौँबाट प्रतिनिधित्व गर्ने विधान महाधिवेशनका प्रतिनिधिलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर लामो प्रशिक्षण दिएका हुन्। उनले प्रशिक्षणमा ओलीले भनेका विषयलाई ४८ बुँदामा समेटेर सार्वजनिक गरे ।

त्यही बुदाको ४६ नम्बरमा लेखिएको छ रबि लामिछानेलाई मैले बनाएको हु । र ४७ नम्बरमा भने राप्रपा अध्यक्षलाई चुनौती दिदै ओलीले भनेका छन राजेन्द्र लिङदेनले अब झापामा जितेका हेरौन ,हिजो पो हामीले सहयोग गरेका थियौ । ओलीले पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारी ,रास्वपा सभापति रबि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको प्रंसग एमाले अध्यक्ष केपि शर्मा ओलीले बालुवाटार ब्रिफिङमा कोट्याए । ओलीले पार्टीभित्र आफ्नो प्रतिस्पर्धी विद्या भण्डारीबाहेक कोही नभएको पनि बताएका छन् । ओलीले पूर्व राष्ट्रपति भएको व्यक्तिले असोभनिय गतिविधि गर्नु नहुने, पार्टीको पक्षमा नबोलेकाहरुलाई भेला पारेर हिँडेको, आफूले पार्टीलाई अगाडि बढाइरहेको तर कतिपयले यो नदेखेको, मदन भण्डारी फाउन्डेसनले जबज बचाउन नसक्ने, विद्या भण्डारीलाई उचालेर ईश्वर पोखरेलले बाटो बिराएको, उनले अभागीलाई खाने बेलामा रिस उठेजस्तै व्यवहार गरेको जस्ता टिप्पणी पनि गरेका छन्।  

विद्यालाई आफूले जति सम्मान अरु कसैले पनि नगरेको तर साथ दिँदा पनि अहिले आफू विद्याबाटै अपमानित हुनु परेको, विद्याबाहेक पार्टीमा आफूलाई चुनौति दिने दम कसैसँग नभएको, विद्याले आफूलाई छाडे सबै मिल्ने पनि ओलीले बताएका छन्। यसैबिच यता नेकपा एमालेका महासचिव शंकर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्नका सबै उपसमितीहरुलाई सक्रियतापूर्वक तयारी गर्न निर्देशन दिएका छन् । उनले सबै उपसमितीलाई तयारीलाई तीव्र पार्न समेत निर्देशन दिएका छन् ।महाधिवेशन व्यवस्थापन समितीको आजको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विधान महाधिवेशनको मूल नारा तय भइसकेकोले अब त्यसकै आधारमा प्रचार प्रसारको कामलाई व्यापक बनाउन पनि निर्देशन दिएका छन् ।पार्टी स्थायी कमिटी सदस्य एवं पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आठवटै उपसमितीका प्रमुखहरुले आफ्नो आफ्नो तयारीका बारेमा रिर्पोटिङ गरेका थिए ।

1-5.jpg

2-5.jpg