Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपा बाट उम्मेदवार छान्न आज रुपन्देहीमा मतदान हुँदै,यी मध्ये के बन्ला उम्मेदवार?

रास्वपा बाट उम्मेदवार छान्न आज रुपन्देहीमा मतदान हुँदै,यी मध्ये के बन्ला उम्मेदवार?

काठमाडौँ । रास्वपाको टिम यतिबेला कात्तिक १७ गते रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनका लागि निकै फरक शैलीमा होमिदै आएको छ । पार्टी सभापति कारागारमै रहेतापनि रास्वपाका सासंदहरु उपनिर्वाचनको मिति तयसंगै अरु पार्टीभन्दा अघि र शैलीमा जनतामाझ पुग्ने उम्मेदवार छान्ने गरि लागिपरेका छन । पार्टीबाट उम्मेदवार छान्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट ९ आकांक्षी मैदानमा छन् । 

उम्मेदवार छनोट विधि अन्तर्गत  अब पालो प्रारम्भिक निर्वाचनको रहेको छ । आज भदौ १२ खबको केही समयदेखी पर्सी भाद्र १३ साँझ ७ बजेसम्म रूपन्देही –३ का पार्टी सदस्यहरू, रूपन्देही–३ का पार्टीका तहगत समितिमा रहेका  सदस्यहरू र केन्द्रीय समिति सदस्यहरुले पार्टीको मोबाइल एपमार्फत आफूलाई मन परेका नौ उम्मेदवारमध्ये एक उम्मेदवारलाई आफ्नो मत दिन पाउनेछन्। यदि कोही मन परेन भने नन अफ द एबोभमा पनि मतदान गर्न पाउनेछन्। उम्मेदवार छनोट विधि प्रक्रिया अन्तर्गत प्रारम्भिक निर्वाचनको कुल भाराङ्क ५०५ रहेको छ। प्रारम्भिक निर्वाचनको ५०५ भाराङ्कलाई तीन पक्षमा बाँडिएको छ। जस अन्तर्गत  रुपन्देही –३ का पार्टी सदस्यहरूको मतदानको भाराङ्क ८०५, रूपन्देही –३ भित्र मतदाता रहेका पार्टीका तहगत समितिका सदस्यहरूको मतदानको भाराङ्क १०५  र केन्द्रीय समिति सदस्यहरूको मतदानको भाराङ्क १०५ रहेको छ।

डिजिटल डेमोक्रेसीलाई स्थापनाकालदेखि नै पार्टीको आधारभूत डीएनए बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक प्रारम्भिक निर्वाचनमा सहभागी हुन सम्बन्धित सबैलाई आह्वान गरिएको छ । उपनिर्वाचनमा उम्मेदार बन्नका लागि बुटवल सेमलारका सुलभ खरेल, भैरहवाका पार्थिवेन्द्र उपाध्याय, डा.लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र बुटवलकै मधुप्रसाद अर्यालले आवेदन दिएका छन् । उनीहरुमध्येबाट धेरै मत ल्याउने एक जनाको नाम रास्वपाले भदौ १५ मा सार्वजनिक गर्ने रास्वपाले कार्यतालिका बनाएको छ । आकांक्षीहरूमा पार्टीका केन्द्रीय सदस्य, जिल्ला पदाधिकारी, पूर्वउम्मेदवार, चिकित्सक, प्राध्यापक, सहकारी अभियन्ता, उद्योगी र विदेशबाट फर्किएका युवासमेत रहेकाले यो प्रकृयालाई थप रोचक बनाएको छ । साउन ७ देखि २१ गतेसम्म आवदेन माग गरेकोमा ९ जनाले आवेदन दिएका हुन ।

उम्मेदवारीको दौडमा रहेकाहरूलाई सुरूमा एकै ठाउँमा राखेर कोही एकजनाको नाममा सहमति जुटाउने प्रयास गरिएपनि संभव नदेखिएपछि पार्टीले यो विधि तय गरेको जनाइएको छ । रास्वपा सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इञ्चार्ज विपिन आचार्यले आवेदनसँगै पार्टीले विभिन्न चरणमा उम्मेदारहरुसँग सामुहिक र एकल छलफल गरेर प्राइमरी इलेक्सनमा पुगेको बताउँदै यसले सदस्यहरुलाई आफ्नो उम्मेदार छान्न पाउने विधि स्थापित गराउने बताए । कांग्रेस, एमाले, रास्वपा, मधेसी मोर्चाको साथमा नाउपाका रेशम चौधरी पक्ष र बालेन टीमका उम्मेदवार नै अहिलेसम्मको मैदानमा बढी चर्चामा देखिएका छन् ।

२०७९ मा एमालेसँगको तालमेलमा राप्रपाका दीपक बोहराले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई २,६८१ मतान्तरले हराएका थिए । बोहराले ३६ हजार ७१७ मत पाउँदा खाँणले ३४ हजार ३६ मत पाएका थिए । तेस्रो स्थानमा रास्वपाका जीतबहादुर गुप्ता तेली ९५,७९६० र चौथो स्थानमा नागरिक उन्मुक्तिका तुलसीप्रसाद थारू ९४,७५१० रहेका थिए । २०७९ चैत १९ गते बोहराको निधन भएपछि रिक्त भएको यो क्षेत्रमा उपनिर्वाचन हुन लागेपछि दलहरू यसको तयारीमा लागेका हुन् ।