Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

डिपी अर्याललाई काग्रेँसले लगाएको ‘भिजिट भिसा’को आरोपको चन्दा कार्कीले बुझाइन प्रतिवेदन

डिपी अर्याललाई काग्रेँसले लगाएको ‘भिजिट भिसा’को आरोपको चन्दा कार्कीले बुझाइन प्रतिवेदन

काठमाडौँ । ‘भिजिट भिसा’ प्रकरणमा पार्टीको छानबिन समितिकी संयोजक डा.चन्दा कार्कीले प्रतिवेदन बुझाएकी छिन् । आज केन्द्रीय कार्यालय वनस्थलीमा कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई कार्कीले प्रतिवेदन बुझाएकी हुन् ।पछिल्ले समय भिजिट भिजाको बिषयमा आवाज उठाउँदै रास्वपाले गत जेठ १३ गते देखी संसदमा अबरोध गर्दै आएको छ । रास्वपाका अवरोध विचमा पनि सत्तापक्षले संसदलाई पेलेर रहेको छ ।

रास्वपाले विशेष गरि गृहमन्त्री रमेश लेखकको राजीनामा मागी रहदाँ काँग्रेसले उल्टै रास्व्पाका उप सभापति माथी प्रश्न उठाएको थियो ।काँग्रस नेता रामहरि खतिवडाले डिपी अर्यालको सुमिरे टुर एन्ड ट्राभल्सबाट भिजिट भिसामा कोरिया र डेनमार्क पुगेका केही व्यक्ति उतै लुकेको पाइएको र  नेपाल स्काउटको लोगो देखाई टिकट काटेर गएका उनीहरू उतै लुकेको बताएका थिए । नेपाल स्काउटको लोगो देखाई टिकट काटेर गएका कतिपय  स्वदेश नफर्केपछि स्काउटले चासो देखाएको थियो । स्काउटले उनीहरू कोरिया र डेनमार्क गएको र टिकट लिएको सबै विवरण प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोलाई उपलब्ध गराएको थियो ।

उपलब्ध विवरणमा स्काउटका नाममा उनीहरू गएको र आफैंले पैसा तिरेर सुमिरे ट्राभल्सबाट टिकट काटेको बताईएको थियो । सांसद अर्याल र उनको कम्पनीमार्फत विदेश पठाइएका नागरिकहरूको प्रक्रिया, कागजात र वैधानिकता विषयमा गहिरो छानबिन आवश्यक रहेको तर्क काँग्रेसको थियो । खतिवडाले रास्वपाका कार्यवाहक सभापति अर्याल नै भिजिट भिसा मार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लगाएपछि कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । प्रतिवेदनमा आफ्नो मन्तव्य राख्दै  छानबिन समितिको संयोजकको जिम्मेवारी गम्भीर उत्तरदायित्वका साथ निर्वाह गरेको जिकिर गरेकी छिन् ।

कार्कीले भिजिट भिसाको आवरणमा देशमा भइरहेको मानव तत्करी विरुद्ध रास्वपाले सशक्त रूपमा लड्दा लड्दैको अवस्थामा उल्टै रास्वपाको छवि, संस्थागत विश्वसनीयता र उत्तरदायित्वलाई नै प्रत्यक्ष रूपमा प्रभावित गर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।काँग्रेसकै गृहमन्त्री भिजिट भिजामा जोडिई रहदाँ काँग्रसले उल्टै रास्वपामाथी दोष थुपारिरहेको छ । रमेश लेखकमाथी सार्वजनीक रुपमै प्रश्न उठिरहेको छ । तर, पनि उनी अझै सत्तासिन नै छन् । काँग्रसले उनलाई हटाउन चाहेको छैन । यद्यपी काँग्रसले नै अर्यालमाथी प्रश्न गरे पछि रास्वपाले समिती गठन गरेको हो । कार्यवाहक सभापति अर्याल, महामन्त्री तथा समितिका सदस्यहरूको उपस्थितिमा दोस्रो बैठक बसेर आवश्यक परामर्श प्राप्त गरिएको बताएकी छिन् ।  समितिले सात औपचारिक तथा आठ अनौपचारिक गरी १५ वटा बैठकहरू मार्फत यस प्रतिवेदनलाई सर्वसम्मत रूपमा निष्कर्ष सम्म पुरÞ्याएको स्पष्ट पारेकी छिन् ।