काठमाडौँ । एमालेका केन्द्रीय सदस्य ऐन महर विरुद्ध साइबर अपराध सम्बन्धी जाहेरी परेपछि उनी आफैं प्रहरीमा उपस्थित भएका छन्। एक महिलाले साइबर ब्युरोमा महरविरुद्ध जाहेरी दर्ता गरेकी हुन्।
यसअघि पनि ती महिलाले महरविरुद्ध जाहेरी दिएकी थिइन्। प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि महरले अनुसन्धानमा सहयोग गर्न आफैं प्रहरीमा उपस्थित भएको बताइएको छ।