Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज सङ्घीय संसद्का तीन वटा समितिको बैठक बस्ने,के के छन् कार्यसूची ?

आज सङ्घीय संसद्का तीन वटा समितिको बैठक बस्ने,के के छन् कार्यसूची ?

काठमाडौँ । आज बुधवार सङ्घीय संसद्का तीन वटा समितिको बैठक बस्ने भएका छन । राज्य व्यवस्था सुशासन समिति,  विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठक बस्न लागेको बताइएको छ । 

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ । यद्यपी, सो समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भइसकेकी छिन् ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामति सेवा विधेयक, २०८०’ माथि दफावार छलफल हुने कार्यक्रम छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१र८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।