Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएकी छिन । संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी न्यौपानेले लगत्तै राज्य व्यवस्थाको सभापतिमा उम्मेदवारी दर्ता गराएको बताइएको छ ।

उनले आजै सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी थिइन् । निर्वाचन भने भोलि दिउँसो ३ बजे समितिको बैठकमै हुने भएको छ । कुलिङ परियडमा मुछिएपछि रामहरि खतिवडाले राजीनामा दिएका थिए,त्यसपछि उक्त पद रिक्त रहेको थियो ।