Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पत्रकार कोइरालाको ‘रचनात्मक पत्रकारिता’ पुस्तक बजारमा

पत्रकार कोइरालाको ‘रचनात्मक पत्रकारिता’ पुस्तक बजारमा

काठमाडौँ ।  ‘रचनात्मक पत्रकारिताः हाते पुस्तक’ सार्वजनिक भएको छ । पत्रकार तथा अध्येता रहेका टुमराज कोइराला (कला अनुरागी) द्वारा लिखित यो पुस्तक सार्वजनिक भएको हो । बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले प्रकाशन गरेको यो पुस्तक सोमबारदेखि पाठकहरुका लागि उपलब्ध भएको हो ।

कोइरालाको पुस्तक ‘रचनात्मक पत्रकारिता’ पत्रकारिता र मिडिया क्षेत्रमा नयाँ दृष्टिकोण प्रस्तुत गर्नको लागि महत्वपूर्ण योगदान छ । यस पुस्तकमा पत्रकारिताको रचनात्मक पक्षलाई गहिरो विश्लेषण गरिएको छ, जसले पत्रकारितालाई केवल समाचार प्रस्तुत गर्ने मात्र नभएर, समाजलाई सकारात्मक परिवर्तनतर्फ लैजान सक्ने एक सशक्त माध्यमको रूपमा प्रस्तुत गरेको छ।

कोइरालाले यस पुस्तकमा रचनात्मक पत्रकारिताको आवश्यकता र महत्वलाई जोड दिँदै, पत्रकारिता प्रक्रियामा सिर्जनात्मकता, विश्लेषण र अनुसन्धानको महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा बताएका छन्।  लेखक कोइराला लामो समयदेखि पत्रकारिता र लेखनमा सक्रिय छन् । पत्रकारितामा रचनात्मकताको अभ्यासलाई सहज बनाउने उद्देश्यले यो पुस्तक तयार पारिएको बताइएको छ ।