Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विद्यादेवी भण्डारी र मनिष झा बिच भेटवार्ता,रविलाई कारागारमा राखिएको प्रति असन्तुष्टि व्यक्त

विद्यादेवी भण्डारी र मनिष झा बिच भेटवार्ता,रविलाई कारागारमा राखिएको प्रति असन्तुष्टि व्यक्त

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र रास्वपा प्रवक्ता मनिष झाबिच अर्थपूर्ण राजनीतिक भेटघाट भएको छ । भेटमा रवि लामिछानेको संगै पार्टीको पछिल्लो गतिबिधिका बिषयहरुमा छलफल भएको छ ।

ओली र बिद्याबिचको सम्बन्ध चिसिएपछि अहिले उनले मेयर बालेन शाह ,माओवादीका नारायणकाजी श्रेष्ठ संगै चर्चित सामाजिक अभियान्ताहरु भेटिरहेकी छन ।  एमालेमा सक्रिय रुपमा फर्किन खोज्दा अहिले ओलीले उनलाई रोक्नका लागि अनेक षडयन्त्र गरिरहेको आरोप लागिरहेको छ।  यस्तै  पूर्वराष्ट्रपति विद्या भण्डारीले रवि लामिछानेलाई पुर्पक्षका लागि कारागारमा राखिएको प्रति असन्तुष्टि जनाएकी छिन ।

आज मनिष झा सँगको भेटका क्रममा भण्डारीले ‘रवि माथि जे भैरहेको छ,त्यसा आफु सन्तुष्ट नरहेको बताउँदै लामिछाने माथि सद्भाव  रहेको बताएकी छिन । साथै भण्डारीले सहकारीका बचतकर्ताहरूको बचत सरकारले फिर्ता गर्न सुरू नगरेको पनि बताएकी छिन ।