काठमाडौँ । झलनाथ खनालले एमसीसी मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्बन्धमा पुनः कडा अभिव्यक्ति दिएका छन्। उनले यो सम्झौता पारित गर्दा तत्कालीन नेताहरूले राष्ट्रहितमाथि भयानक घात गरेको दाबी गरेका हुन्।
नेपाली विशेषताको समाजवाद विचार गोष्ठीलाई सम्बोधन गर्दै एमसीसी सम्झौताले मुलुकलाई विभाजित गरेको गरेको बताए ।
उनले भनेका छन्— आफूले एमसीसीसँग सम्बन्धित १३ वटा दस्तावेज अध्ययन गरेको र तीमध्ये हरेक बुँदामा अमेरिकी स्वार्थलाई प्राथमिकतामा राखिएको देखिएको दाबी गरेका छन्। खनालले यसलाई नेपालको सार्वभौमिकता र स्वाधीनतामाथि सीधा हस्तक्षेप गर्ने सम्झौता भन्दै नेताहरूले त्यसबेला देखाएको ूसमर्पण प्रवृत्तिूलाई राष्ट्रविरोधी निर्णयको संज्ञा दिएका छन्।
यसैक्रममा उनले एमसीसी कार्यान्वयनका क्रममा आएको विवाद र राजनीतिक विभाजनलाई पनि सम्झौताकै परिणाम भएको उल्लेख गरेका छन्।