रबि लामिछानेकी पन्ती निकिता पौडेलले भावुक हुदै भन्छिन आज मैले उच्च अदालत, बुटवलको ढोका पनि ढक्ढक्याएँ ।मेरो श्रीमान भन्नुहुन्छ, “यो देशमा शक्ति पृथकीकरण समाप्त भएको धेरै भइसक्यो, एउटै रावणका फरक टाउका गन्न छाडिदेउ ।” तर, श्रीमतीका रुपमा मेरो पनि जिद्दी छ, न्याय पाइयोस कि नपाइयोस, म संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढक्ढक्याउने छु । मैले हिजो पनि भनेकी हुँ र आज पनि भन्छु, मेरो श्रीमानको जीवन सुरक्षित छैन ।
भैरहवा कारागारमा उहाँलाइ कसरी राखिएको थियो, अब मैले केही भनिरहन पर्दैन । यिनिहरुले किन जेल सार्न मानिरहेका थिएनन्, यिनिहरुको नियत के थियो, त्यो पनि बताइरहन पर्दैन । आफैले झुटा मुद्दा लगाएर, सत्ता र शक्तिको चरम दुरुपयोग गरेर जेलमा थुनेको एउटा बन्दीलाई प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसद्को रोष्ट्रमबाट किन धम्क्याइरहेका होलान्, त्यो पनि अब मैले भनिरहन पर्दैन । बिगो तोकिदेउ र त्यो बराबरको बैँक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न देउ, मेरो आग्रह यत्ति हो ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकि छन । आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा निवेदन दिएका हुन। आफ्नो भागको बिगो बराबर धरौटी बुझाउँदा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले सोमबार उच्च अदालतमा निवेदन दिएका हुन्। उनको निवेदनमा आगामी बुधबार पेसी तोकिएको छ।
यस अगाडी न्यायाधीश नारायाणप्रसाद सापकोटाको ईजलासले पूर्व गृहमन्त्री समेत रहेका लामछिानेलाई थुनामै पठाउने आदेश जारी गरेको थियो ।लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथिको बहसपछि यस्तो आदेश आएको थियो । जिल्ला अदालतले भने उनको भागमा कति बिगो कायम हुने भन्ने नै एकीन नभएकाले रिहा गर्न नमिल्ने आदेश गरेको थियो।
यस्तै यसअघि रुपन्देही अदालतले एक करोड रुपैयाँ धरौटीमा रिहा गरे पनि उच्च र सर्वोच्च अदालतबाट थुनामै राख्ने आदेश भएकाले पुनः उनलाई थुनामा राख्ने कि नराख्ने भन्ने विषयमा प्रवेश गर्न नमिल्ने भनेको थियो। तर यो मुद्दाको प्रकृति विचार गर्दा छिटो छरितो निरुपण हुन उचित देखिएको भन्दै यथाशिघ्र काम कारबाही गर्नू भनी जिल्लाले आदेश गरेको थियो।
आफ्नो भागको बिगो बुझाएको भन्ने रविलाई रुपन्देही अदालत भन्छ– बिगो यकिन भएकै छैनजिल्लाले थुनामुक्त गर्न अस्वीकार गरेको केही दिनमै उनलाई कारागार सरुवा गरिएको छ। त्यसअघि भैरहवा कारागारमा रहेका उनलाई ललितपुरको नक्खू कारागार सरुवा गरिएको छ। दुई सातादेखि लामिछाने नक्खु कारागारमा छन्। उनले कारागार सरुवाको निवेदन दिएको दुई महिनापछि कारागार व्यवस्थापन विभागले सरुवाको निर्णय गरेको थियो।