बैज्ञानिक डाक्टर महाबिर पुनले अहिलेसम्म १२ करोड कमाए, उनले आफनो आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक अहिलेसम्म दुई लाख ३० हजार बेचिसकेका छन ।
भने खर्च कटाएर उनले १२ करोड कमाएका छन । त्यही पैसाले वीरगञ्ज कृषि औजार कारखाना मर्मत गरेको हो र नयाँ मेसिनहरू पनि थपेको हो।’ उनले नेतृत्व गरेर सञ्चालनमा ल्याएको वीरगञ्ज औजार कारखाना राम्रैसँग चलिरहेको र त्यहाँ ४० इञ्जिनियरहरूले रातदिन काम गरिरहेको छन ।
यसैबिच यता राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डा। महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक झापामा ३० हजार थान बिक्री भएको छ। आविष्कार केन्द्रको सहयोगका लागि पुस्तक बिक्री अभियान लिएर उनी गत एक महिना झापामा बसेका थिए।
यस अवधिमा उनको पुस्तक बिक्रीबाट रु दुई करोड २५ लाख सङ्कलन भएको छ। महाकालीबाट पुस्तक बिक्री गर्दै मेचीको किनार आइपुग्दा उनको सबैभन्दा बढी पुस्तक बिक्री भएको जिल्ला झापा भएको छ। उनको पुस्तक सुनसरीमा २७ हजार र रुपन्देहीमा २० हजार प्रति बिक्री भएको थियो।
जिल्लाको १५ वटै पालिकामा उनी पुस्तक बिक्रीका लागि पुगेका थिए। भद्रपुर नगरपालिकामा सात दिनमा तीन हजार २१९ प्रति अर्थात् रु २४ लाख १४ हजार २५० को पुस्तक बिक्री भएको अभियानमा संयोजनकारी भूमिका निर्वाह गरेका भद्रपुरका दिपेश ढकालले बताए। ‘उनी अति साधारण जीवनशैली भएको व्यक्तित्व हुन्,’ ढकालले भने, ‘पुस्तक बिक्री अभियानमा हिँड्दा उनले बाटामा पोलेका मकै र मःम खाएर भोक मेटाए। ऐस, आराम र सम्मानमा उनको रुचि थिएन। आफूले लगाएका लुगा आफैँ धोए।’ झापाबाट पुस्तक बिक्रीका लागि इलाम पुगेका वैज्ञानिक पुनको अभियानमा अर्का एक जना सहयोगी छन्। सामान बोक्ने सवारीसाधनमा आएका उनी त्यही गाडी लिएर अभियानमा पुग्छन्। उनको सहयोगीले गाडी हाँक्छन्।
बिक्रीबाट सङ्कलन भएको नगद उनले राष्ट्रिय आविष्कार केन्द्रको बैंक खातामा नियमित रूपमा जम्मा गर्ने ढकालले बताए। पुस्तक बिक्रीबाट सङ्कलन भएको रकम आविष्कार केन्द्रमार्फत वीरगञ्ज औजार कारखाना सञ्चालनमा खर्च भएको वैज्ञानिक पुनले बताएवीरगन्जको कृषि औजार कारखाना पुनः सञ्चालनका लागि आफ्नै आत्मकथा रहेको पुस्तक बेच्नका लागि पुन देशदौडाहामा लाग्नुभएको हो । पश्चिम महाकालीबाट सुरु भएको यात्रामा लाखौ पुस्तक बिक्री भइसकेको उहाँको भनाइ छ । ३०८ पेज लामो उक्त पुस्तकको मूल्य ७५० रुपियाँ राखिएको छ ।