Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारत र चीन विरुद्ध प्रर्दशन,भारतीय दूतावास अगाडि लाग्यो गो व्याक इन्डियाको नारा

भारत र चीन विरुद्ध प्रर्दशन,भारतीय दूतावास अगाडि लाग्यो गो व्याक इन्डियाको नारा

काठमाडौं । भारत र चीनले नेपाली भुभाग कालापनी र  लिपुलेकमा हस्तक्षेप गरेपछि संयुक्त विद्यार्थी संगठनले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका  छन ।

लिपुलेकमा भारत–चीनबीच व्यापारिक नाका खोल्ने निर्णय विरुद्ध संयुक्त विद्यार्थी संगठनले शनिबार दुतावास अगाडी प्रदर्शन गरेका हुन । प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय स्वाधिनताका रक्षा गरौैं, गो व्याक इन्डिया लगायतका नारा लगाएका थिए । 

नेपाली भूमिमा हुने यस्ता सम्झौता र हस्ताक्षरहरूले नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमिकतालाई गम्भीर रूपमा चुनौती दिएको भन्दै भारतीय दुतावास बाहिर प्रदर्शन गरिएको उनीहरुले जनाएका छन् ।

IMG-20250823-WA0275-1024x672.jpg
undefined