Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमालेका मन्त्रीको लापरबाहीले एक बालकको मृत्युभएको आरोप ,पीडित परिवारको खातामा सुटुक्क ५ लाख दिएको खुलसा !

एमालेका मन्त्रीको लापरबाहीले एक बालकको मृत्युभएको आरोप ,पीडित परिवारको खातामा सुटुक्क ५ लाख दिएको खुलसा !

यतिबेला एमालेका एक मन्त्रीको गम्भिर लापरबाहीका कारण बैतडीमा एक बालकको मृत्यु भएको खबर बाहिरिएको छ ।र लापरबाहीले मृत्यु  भएको घटना लुकाउन पिडित परिवारको नाममा थाहा नै नदिई ५ लाख रुपैयाको  रकम दिएको पनि खुल्न आएको छ ।

बैतडीमा एक बालकको शङ्कास्पद मृत्यु प्रकरणमा एमाले प्रदेश मन्त्रीको नाम जोडिए पछि नगद घुस दिएर घटना ढाकछोप गर्न खोजेको फेला परेको हो ।

एमालेकातर्फबाट सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रहेका सुरेन्द्र बहादुर पालको कम्पनीको लापरबाहीले भएको मृत्यु लुकाउन पीडितको खातामा थाहै नदिई ५ लाख रुपैयाँ नगद घुस जम्मा गरिदिएको पनि विवरण सहितको फोटोहरु प्राप्त भएको छ । र सोही घटनालाई ढाकछोप गर्न मन्त्रीले अनेक रणनिति अपनाएको बिषयमा अहिले रास्वपा र कांग्रेसले पनि त्यसक्षेत्रबाट बिरोध जनाईरहेको छ ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालको प्रत्यक्ष संरक्षणमा बालुवा उत्खनन भइरहेको कांग्रेसको आरोप छ। चमेलिया नदीबाट अवैध रूपमा गरिएको बालुवा उत्खननका कारण डिलाशैनी गाउँपालिका–३, गिरिबगडका १४ बर्षिय किरन कोलीको विद्युतीय करेन्ट लागेर मृत्यु भएको थियो ।  

विद्युत् पोलमुनि बालुवाको थुप्रो जम्दा विद्युत् प्रवाहमा जोखिम बढेको र त्यही कारण किरन कोलीको ज्यान गएको अरोप स्थानीयले लगाएका छन्। घटनापछि रातारात बालुवा हटाउने, प्रमाण नष्ट गर्ने, र पीडित परिवारलाई पैसाको प्रलोभनसहित दबाब दिने प्रयास भएको विवरण सार्वजनिक भइसकेको उल्लेख गर्दै गम्भीर चिन्ता र आपत्ति जनाएका छन्। आमाकाअनुसार छोराको मृत्युमा संलग्नलाई कारबाही गर्न प्रशासनसँग हारगुहार माग्दा पनि सहयोग पाइएको छैन ।

प्रहरीले जाहेरी समेत लिन नमानेपछि हुलाक मार्फत जोहरी पठाएको पनि पाईएको छ ।छोराको मृत्युको कारण खोज्न प्रहरी र प्रशासनमा धाउँदै गर्दा उल्टै घटना मिलापत्र गर्न भन्दै थाहै नदिई आफ्नो बैङ्क खातामा ५ लाख रुपैयाँ जम्मा गरिदिएको आमा राजमतिले बताइन । कसलाई सोधेर किन पैसा हालिएको हो । यस विषयमा आफूलाई कुनै जानकारी नभएको उनले बताइन । घटनाको सत्य तथ्य छानबिन र न्यायका लागि उजुरी दर्ता गर्न सरकारका न्यायिक निकाय धाउन थालेको २१ दिन बितिसकेको आमाको भनाई छ ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मी विकले समेत कोली परिवारको न्यायका लागि माग गरेकी छिन् । सामाजिक सञ्जालमा लेख्दै उनले न्यायिक निकायलाई कोली परिवारलाई न्याय दिलाउन माग गरेकी छिन् । यता दलित अभियन्ताका रुपमा चिनिने खगेन्द्र सुनारले सामाजिक सञ्जालमार्फत सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालमाथि संगीन आरोप लगाएका छन् । तर, उनको आरोप निराधार रहेको प्रहरीले जनाएको छ ।

फेसबुकमा सुनारले मन्त्री पालले बैतडीमा एक दलित बालकलाई गाडीले किचेर मारेको तथा मृतककी आमालाई बलात्कारको धम्की दिएको बताएका छन् । हिँड्ने साइतमा दलितले बाटो काटेको निहुमा किचेर हत्या गरेको उनको दाबी छ । यसैबीच, सामाजिक सञ्जालमा हत्या जस्तो गम्भीर आरोप लगाउँदै स्ट्याटस हालेर चरित्र हत्या गर्न खोजेको भन्दै मन्त्री पालको सचिवालयले आपत्ति जनाएको छ ।