Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रबि लामिछानेलाई रोज्नेको लर्को ,घरमै रहेको कांग्रेसको पार्टी कार्यालय छाडेर सभापति रास्वपामा प्रवेश

रबि लामिछानेलाई रोज्नेको लर्को ,घरमै रहेको कांग्रेसको पार्टी कार्यालय छाडेर सभापति रास्वपामा प्रवेश

रबि लामिछानेलाई समर्थन गर्ने ,साथ दिने र रास्वपा रोज्नेको लर्को लागिरहेको छ । अहिले बर्षौदेखी एमाले ,कांग्रेस र माओवादीमा रहेकाहरु ध्माधम पूराना पार्टी छाड्दै नया शक्तिको रुपमा उदाएको रास्वपालाई रोज्नेहरु धेरै छन ।

अझ भनौ सहकारी ठगी प्रकरणमा रबि लामिछाने जेलमा परेपछि उनलाई साथ दिने र उनीमाथि राजनितिक प्रतिशोध साधिएको भन्दै उनको पक्षमा हस्ताक्षर गर्ने पनि लाखौले गरेका छन ।

यहिबिचमा काँग्रेस युवा नेता दोमन भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन । उनी नेपाली कांग्रेसका मध्यबिन्दु नगर सभापति समेत थिए । अझ खास कुरा त के  भने दोमन भण्डारीकै घरमा कांग्रसे कार्यालय छ । भण्डारीले अहिले त्यहीँ कांग्रेससँग असन्तुष्टि जनाउँदै रास्वपा प्रवेश गरेका हुन् । २०५४ सालदेखि नै तरुण दलसँग जोडिएर कांग्रेसको राजनीति थालेका भण्डारीले ५ वर्षअघि आफ्नै घरमा मध्यबिन्दु नगरपालिका कांग्रेस पार्टी कार्यालय स्थापना गरेका थिए ।

तर एकाएक उनी आफनै घरमा रहेको कांग्रेसकै पार्टी कार्यालमा नजाने गरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । भण्डारीले नगरसभापतिबाट केही दिन अघि नै राजिनामा दिइसक्नुभएको थियो । भण्डारीको प्रवेशबारे रास्वपा गण्डकी प्रदेशका सभापति राजन गौतमले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा पर्ने मध्यबिन्दु नगरपालिकामा २०७१ सालयता २ पटक सभापति निर्वाचित भएका थिए ।

अहिले उनी भण्डारीलाई केन्द्रीय प्रचार विभाग सदस्यको जिम्मेवारी दिइएको गौतमले जानकारी दिए ।लमो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा लागेको तर त्यही पार्टी भने आफ्नो विचार र नीतिबाट विचलित भएकाले आफ्नै घरमा कार्यालय भएको पार्टी छोडेर रास्वपा रोजेको भण्डारीले बताए ।माथिदेखि तलसम्मै नेताहरूको चरित्र नफेरिएपछि आफूले नै पार्टी फेरेको भण्डारीको तर्क छ । उनी नेपाली सेनाको जागिर छोडेर १० वर्ष अफगानिस्थान बसेर नेपाल फर्किएका हुन् । भण्डारी चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति ( काउन्सिल ) को सदस्यसमेत हुन् ।

नारायणी सह लगानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संस्थापक अध्यक्षसमेत रहेका भण्डारीले राइनो क्लबको नेतृत्वसमेत गरेका छन् । नेपाली कांग्रेसबाट सक्रिय युवा नेता भण्डारी नगरपालिका र जिल्ला दुवै तहमा परिचित नेता मानिन्थे । अब भने उनले रास्वपाबाट राजनीतिक यात्रालाई अघि बढाउने बताएका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दैनिक एक हजारभन्दा बढीले आफ्नो पार्टीको सदस्यता लिइरहेको दाबी गर्दै आईरहेको छ । केही समयअघिको एक कार्यक्रममा रास्वपाका प्रवक्ता मनीष झाले अहिले पार्टी प्रवेश गर्नेहरू बढिरहेको छ ।’अहिले हामीकहाँ दैनिकरूपमा हजार जनाभन्दा बढीले सदस्यता लिइरहेको बताएका थिए ।