काठमाडौँ । भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउने भएकी छिन । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेको बताइएको छ ।
उपराष्ट्रपति सुआनले यही भदौ ७ देखि ९ गतेसम्म नेपालको भ्रमण भियतनामकोतर्फबाट यो पहिलो उच्चस्तरीय हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।