Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विद्याको सदस्यता नवीकरण नहुँने ओलीको दाबी,थापागाउँमा सम्पर्क कार्यालय खोलेकोप्रति आक्रोश व्यक्त

विद्याको सदस्यता नवीकरण नहुँने ओलीको दाबी,थापागाउँमा सम्पर्क कार्यालय खोलेकोप्रति आक्रोश व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी ओली फेरि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी माथि खनिएका छन । उनले पार्टी सदस्यता खोसिएको भन्ने भण्डारीको आरोपमा सत्यता नभएको समेत दाबी गरेका छन ।  

शुक्रबार पार्टी कार्यालयमा आजपाका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले भण्डारीले छोडेको सदस्यता नवीकरण नहुने बताए ।

यस्तै ओलीले थापागाउँमा सम्पर्क कार्यालय खोलेकोप्रति आक्रोश व्यक्त गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गदै राष्ट्रपतिबाट फर्केर आएपछि पार्टीमा समस्या खडा गर्ने कुरा आफूहरूले कल्पना पनि नगरेको बताएका हुन ।