काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काले कांग्रेसको अबको सभापति शशांक कोइराला बन्ने दाबी गरेका छन् । बिहीबार दिवंगत नेता प्रदीप गिरीको स्मृतिसभालाई सम्बोधन गर्दै उनले देउवापछि कांग्रेसको सभापति शशांक बन्ने दाबी गरेका हुन्।
बीपी कोइरालाका पुत्र भएकाले उनको स्वाभाविक हक रहेको खड्काको भनाइ छ । प्रतिस्पर्धा भए पनि देउवापछि शशांक नै पार्टी सभापति बन्ने दाबी उनको छ ।शशांकको बारेमा टीकाटिप्पणी हुने गरे पनि उनी निष्कलंक व्यक्ति भएको जिकिर उनले गरेका छन ।
यस्तै, मन्त्री खड्काले सरकार जनताप्रति उत्तरदायी भएर काम गरिरहेको दाबी पनि गरेका हुन ।मन्त्री खड्काले प्रदीप गिरीले देखाएको बाटोमा हिँड्न नेता कार्यकर्ताहरूलाई आग्रह पनि गरे ।