Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालमा हटाउन लागेकी उपसभामुखलाई अमेरिकाले दियो ठुलो सम्मान

नेपालमा हटाउन लागेकी उपसभामुखलाई अमेरिकाले दियो ठुलो सम्मान

काठमाडौँ । उपसभामुख इन्दिरा राना मगर अमेरिकामा सम्मानित भएकी छिन । अमेरिकाको बोस्टन सिटी काउन्सिलले सामाजिक न्याय र कैदी बन्दीका बालबालिकाको सेवामा योगदान गरेको भन्दै उनलाई सम्मान गरेको हो ।

मगरले दुई हजारभन्दा बढी बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउँदै शिक्षा, आश्रय र उज्यालो भविष्यको अवसर प्रदान गरेकी छिन् । कार्यक्रममा उपसभामुख रानाले समाज सेवामा आफूले बिताएको समय, नेपालले महिला र बालबालिका क्षेत्रमा गरेको प्रगति, समानुपातिक समावेशिताबारे धारणा राखेकी थिइन्।

बोस्टन सिटी काउन्सिलले आयोजना गरेको ‘नेपाल र अमेरिकामा लोकतान्त्रिक प्रगति, चुनौती र अवसर’ विषयक उच्चस्तरीय संवाद कार्यक्रममा सहभागी हुन उपसभामुख राना अमेरिका भ्रमणमा छिन्।