काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने आदेशको माग गर्दै दर्ता भएको रिटमा आजको लागि पेसी तोकिएको छ । सर्वोच्चमा अधिवक्ता वीरेन्द्र केसीले बिहीबार यस्तो रिट निवेदन दर्ता गरेका थिए ।
जनता समाजवादी पार्टी, नेपालले ३२ असार, २०८२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गर्दै समर्थन फिर्ता लिएको थियो । केसीले प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे, सङ्घीय संसद् सचिवालय र राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् ।