काठमाडौँ ।आफु सधैँ एमालेकै कार्यकर्ता भएर काम गर्न चाहेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । उनले पार्टीले आफूलाई रोक्न खोजेपनि निरन्तर काम गरिरहने समेत दाबी गरेकी छिन ।
आज बिहीबार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘नेकपा एमालेले मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई लिएको छ ।
त्यसको मर्म र भावनाअनुसार हामीले काम गर्ने हो ।’ उनले त्यो भावनाअनुसार काम भयो कि भएन भनेर समीक्षा गर्ने समेत बताइन् ।