Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ ।आज अधिवक्ता वीरेन्द्र केसीले सर्वोच्चमा प्रधानमन्त्री ओली अहिले कामचलाउ सरकार मात्रै रहेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न माग गर्दै रिट दायर गरेका हुन्।

उक्त रिट दर्ता भइसकेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। यसमा प्रधानमन्त्री ओली तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, प्रतिनिधि सभाको सभामुख देवराज घिमिरे, संघीय संसद सचिवालय सिंहदरवार र राष्ट्रपतिको कार्यालय शीतल निवासलाई विपक्षी बनाइएको छ ।

संविधानको धारा १०० (२) ले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था गरेको छ।