Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्रीको भ्रमणका क्रममा लिपुलेक र कालापानीको विषय उठाउन दिए सुझाव

कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्रीको भ्रमणका क्रममा लिपुलेक र कालापानीको विषय उठाउन दिए सुझाव

काठमाडौँ । कांग्रेस सांसद तथा महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाउन  सुझाव दिएका छन् ।
हालसालै पुनः लिपुकेकको विषय उठेको  सन्दर्भमा शर्माले आफ्नो विचार  राख्दै यस्तो सुझाव दिएका हुन् ।

उनले यस विषयमा सरकारले गर्नुपर्ने ६ पहल सुझाएका छन् ।शर्माले भारत र चीन दुवै छिमेकीको व्यवहारप्रति विरोध जनाउँदै प्रधानमन्त्री भ्रमणका बेला उठाउनुपर्ने विषयबारे सुझाउँदै लेखेका छन्, ‘ऐतिहासिक तथ्यहरुका आधारमा हाम्रा दुवै छिमेकीलाई विश्वासमा लिन जरुरी । प्रधानमन्त्रीको आसन्न भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय प्रवेश गरेको छ ।

उनले लिपुलेकका विषयमा सर्वपक्षीय सर्वदलीय बैठक आह्वान गर्न पनि सरकारसँग माग गरेका छन् । सोही बैठकमार्फत विकसित घटनाक्रमबारे ऐक्यवद्ध दृष्टि र साझा प्रतिबद्धता निर्माण गर्नु पर्ने उनको भनाइ छ ।