Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग : परराष्ट्र मन्त्रालय

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग : परराष्ट्र मन्त्रालय

काठमाडौँ । नेपालको परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भू भाग रहेको जानकारी दिएको छ । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सीमा व्यापारको सहमति भएलगत्तै परराष्ट्र मन्त्रालयले प्रेस नोट निकालेर यसबारे प्रष्ट पारेको हो ।

भारत सरकारलाई त्यस क्षेत्रमा सडक निर्माण, विस्तार, सीमा व्यापारजस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तीनबुँदे वक्तव्यमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको क्षेत्रबारे भारत र चीन दुवै देशलाई जानकारी गराइसकेको पनि उल्लेख छ ।

‘नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र त्यस नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ,’ परराष्ट्र मन्त्रालयले भनेको छ । नेपालले कूटनीतिक माध्यमबाट यस मुद्दामा समाधान खोज्न तयार रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणका क्रममा भारत र चीनले अस्ति नेपाललाई थाहै नदिएर लिपुलेक नाका प्रयोगबारे सहमति गरेका थिए । लिपुलेक नेपाली भू(भाग हो । यसको उत्तरतर्फ चीनको तिब्बत छ ।