Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेखर कोइराला र उपसभामुख इन्दिरा बिच फोनवार्ता,के भयो कुराकानी ?

शेखर कोइराला र उपसभामुख इन्दिरा बिच फोनवार्ता,के भयो कुराकानी ?

काठमाडौँ । कांग्रेसका नेता डा.शेखर कोइरालाले अमेरिकामा रहेका उपसभामुख इन्दिरा रानासँग टेलिफोन वार्ता गरेका छन् । कांग्रेस र एमालेका सांसदहरूले उपसभामुखलाई हटाउने तयारीस्वरुप हस्ताक्षर अभियान अघि बढाइरहेका बेला कोइरालाले भने राना सँग कुराकानी गरेका हुन ।

उपसभामुख रानालाई हटाउने तयारीस्वरुप नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले हस्ताक्षर अभियान चलाइरहेका छन् । यसैबीच, कांग्रेस इतर पक्षको नेतृत्व गरिरहेका डा. कोइरालाले भने हस्ताक्षर गरेका छैनन् । अमेरिकामा रहेकी रानासँग भएको टेलिफोन वार्तामा वर्तमान नेपाली राजनीतिक परिस्थितिबारे छलफल भएको उपसभामुख रानाले बताइन् ।