Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विद्युत् प्राधिकरणले लियो ५ अर्ब ऋण,नाफा पनि घट्यो

विद्युत् प्राधिकरणले लियो ५ अर्ब ऋण,नाफा पनि घट्यो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएको छ । प्राधिकरणले राष्ट्रिय वाणिज्य बैंकबाट ५.३९ प्रतिशत ब्याजदरमा ऋण लिएको हो । प्रसारण र वितरण प्रणालीमा ठूलो रकम आवश्यक भएकोले ऋण लिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

उनले सरकारबाट पाउने बजेट समेत घटेकोले पनि यो ऋण लिनुपरेको बताए । अहिले ५ अर्ब रुपैयाँ ऋण लिएर पनि निर्माण व्यवसायीहरुको बाँकी भुक्तानी दिन थालेको बताए । प्राधिकरण थप ५ अर्ब ऋण लिने प्रक्रियामा छ ।