काठमाडौँ । रास्वपा सिध्याउन प्रधानमन्त्री केपी ओलीकै डिजाइनमा इन्दिरा रानालाई हटाउने तयारी गरेको खुलासा भएको छ । बालुवाटारको बैठकमा नै ओलीले रानाको कुरा उठाएका थिए । सोमबार साँझ बसेको कांग्रेस सँगको बैठकमा उपसभामुख हटाउने प्रस्ताव गरेका थिए । मानव तस्करलाई कारबाही गर भनेर दुई महिनादेखि संसद्मा नाराबाजी गरिरहेका छन् । मानव तस्कर उनीहरूकै पार्टीभित्र छन् । अब हामीले प्रक्रिया अघि बढाउनुपर्छ ।’ ओलीले भनेका थिए । अहिले रास्वपा गत जेठ १३ गते देखी संसदमा आन्दोलनरत रहेको छ ।
अहिले सम्म उनीहरुका माग सत्तापक्षले पुरा गरेको छैन । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै रास्वपा आन्दोलनमै छ । हरेक संसद बैठक बहिष्कार रास्वपाले गर्दै आएको छ । त्यस रिस ओलीले फेर्न खोजेको देखीन्छ । त्यसोत संवैधानिक परिषदमा आफ्नो पक्षमा बहुमत पार्न ओलीले यो सबै षड्यन्त्र रचेको प्रस्ट देख्न सकिन्छ । आफू अनुकूल व्यक्तिलाई नियुक्त गर्न संवैधानिक परिषद् बाधक भएको हुनाले फेरि उपसभामुख हटाउन चलखेल गरेको हुन सक्ने रास्वपाका सांसदहरुको भनाई छ । आज नै दर्ता गर्ने भनिएको प्रस्ताव भदौ १३ गते अघि दर्ता नहुने संकेत देखा परेको छ । प्रस्ताव दर्ता भएको एक साताभित्र टुङ्ग्याउनुपर्ने संवैधानिक व्यवस्था छ तर अहिले उपसभामुख राना अमेरिकामा रहेकी छन् । उनी १३ गते मात्र काठमाडौँ फर्कने बुझिएको छ ।
त्यसैले काँग्रेस एमाले पछाडी हच्किएका छन ्। इता काँग्रसमा मतभेद सुरु भएको छ । काँग्रसका संस्थापन ईतर पक्षले हस्ताक्षर गर्न आनाकानी गरेका छन ्। कांग्रेस सांसदलाई आकस्मिक रुपमा उपस्थित हुन भन्दै हस्ताक्षरका लागि डाकिए पनि कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित केही सांसद गएनन्। खासगरी कांग्रेस इतर समूहका सांसदहरू हस्ताक्षर गर्न नगएका हुन्। अहिले काँग्रेसको संस्थापन ईतर समुहका दिलेन्द्र प्रसाद बढु मात्रै हस्ताक्षरका लागी पुगेको स्रोतले बताएको छ । उपसभामुख हटाउन दुई तिहाइ मत चाहिन्छ । जसअनुसार प्रतिनिधिसभाको २७५ जना सांसदमध्ये १८४ हुनुपर्छ ।
उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद हुन् । त्यसो त कांग्रेस एमालेले गत वर्षको भदौमै रानाले आचरणविपरीत काम गरेको आरोप लगाउँदै हटाउने प्रयास गरेको थियो । उनलाई यी दुई दलले गत वर्ष नै राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । तर उनले राजीनामा दिइनन्, त्यसवेला जसपा र जनमतले पनि साथ नदिँदा ठुला दलले दुई तिहाइ नपुग्ने देखेपछि यस कार्यबाट हट्न बाध्य हुनुपरेको थियो । संसद्का विपक्षी दलले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने लगायत सत्तापक्षको सबैखाले षड्यन्त्रको प्रतिरोध गर्ने निर्णय गरेका छन् । मंगलबार सिंहदरबारमा बसेको प्रतिपक्ष दलको बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सत्तापक्षका सबैखाले षड्यन्त्रको प्रतिरोध गर्ने निर्णय गरिएको बताए ।