Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विपिन जोशीलाई नेपाल फर्काउन परराष्ट्रमन्त्री आरजुको यति धेरै पहल,विश्वका नेताहरुसँग सहयोगको अपिल

विपिन जोशीलाई नेपाल फर्काउन परराष्ट्रमन्त्री आरजुको यति धेरै पहल,विश्वका नेताहरुसँग सहयोगको अपिल

काठमाडौँ । हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाईमा सरकारले कुनो पहल नगरेको भन्दै आलोचना भईरहेको छ । विपिनआमा र वहिनी ईजरायल गए पछि सरकारको आलोचना झनै बढेको छ । परराष्ट्रमन्त्री आरजु राणाले पहल नै नगरेको भन्दै अफबाह फैलिए पछि उनले स्पष्टिकरण समेत दिएकी छिन् । विपीनको रिहाईका लागी कुटनितीक रुपमा पहल जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय विपिनकी आमा र वहिनी ईजरायल पुगे पछि सरकारले काम नै नगरेको भन्ने भाश्य सिर्जना भएको छ । परराष्ट्र मन्त्रालयको परामर्शमा र इजरायल सरकारको सहयोगमा बिपिनकी आमा र बहिनी इजरायल गएको परराष्ट्रमन्त्री आरजु राणा देउवाको भनाई छ । संयुक्त राष्ट्रसङ्घीय महासभादेखि लिएर अन्तर्राष्ट्रिय मञ्चहरु, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्ताहरु एवं विभिन्न शिष्टाचार भेटका क्रममा विभिन्न देशका राजदूतहरुसँग बिपीनको रिहाइका लागि आफुले पहल गरिरहेको मन्त्री राणाको भनाई छ । राणाले गत असोजमा राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका बेला त्यहाँ उपस्थित विश्वका नेताहरुसँग पनि विपिन लाई फर्काउन सहयोग गरिदिन अपिल गरेकी थिईन । जि ७७ प्लस,जि २०, एलडिसी राष्ट्रहरुको मञ्चका बैठकमा समेत उनले विपिनको कुरा उठाएकी थिईन । त्यसैगरी दोहामा आयोजित एसिडी सम्मेलनमा र त्यसपछिका साइडलाइन भेटहरुका साथै इरानका विदेशमन्त्री लगायत संग पनि उनले आग्रह गरेको बताएकी छिन् ।

उनले भेटवार्ता भएाक तस्विर समेत सामाजीक सञ्जालमा राखि रहेकी छिन् । इजरायल र हमासबीच युद्धविराम भएपछि पनि त्यसमा काम गरेका देशका विदेशमन्त्रीहरु एवं नेपालमा रहेका राजदूतहरुसँग निरन्तर कुराकानी गरेको र युद्धविराम भएपछि गत माघ १ गते कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनमार्फत् विशेष आग्रह गरेको मन्त्री राणाले जानकारी दिएकी छिन् । त्यस्तै इजरायली विदेशमन्त्री गिडियन सारसँग र माघ ७ गते इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अतिसँग फोनमार्फत् बिपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेको उनको भनाई छ । गत फागुनमा बैंककमा रहेका बेला समेत त्यहीँबाट इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता गरेको उनको भनाइ छ ।

गत चैतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग समेत रिहाईको बिषयमा कुरा गरेको उनले बताएकी छिन् । तर, काम गर्दा गर्दा पनि अहिले सरकारले पहल नगरेको भन्दै अफबाह फैलाईएको उनी निकट स्रोत बताउँछ । अहिले विपिन मात्र्र होई अन्य देशका नागरिक तथा स्वयम ईजरायली नागरिक पनि हमासले बन्दी बनाएको छ । मन्त्री राणाले नेपाल सरकार र आफ्नो तर्फ बाट हुने पहललाई प्राथमिकतामा राखेर काम गरेको बताएकी छिन ।