काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि अहिले डाक्टरहरुको टोली नै कारागार जाने भएको छ । लामिछानेको शरीरमा भिटामिन डी कमी भएको डाक्टरहरुको एक टोलीले बताएको छ । हिजो रबि लामिछानको स्वास्थ्मा समस्या भएको भनेर खबर बाहिरिपछि उनको रगत परीक्षणका लागि ट्रमा सेन्टरबाट डाक्टरहरूको टोली कारागार लगिएको थियो । रास्वपाका उपसभापति डोलप्रसाद अर्याल लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका थिए। त्यही क्रममा सभापति लामिछानेको स्वास्थ्यमा समस्या देखिएको आशंकामा रगत परीक्षण गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
रगतको नमुना लिनका लागि ट्रमा सेन्टरबाट डा। जितेन्द्र यादव लगायतका स्वास्थ्यकर्मी गएका थिए ।अस्पताल स्रोतका अनुसार रगतमा रिर्पोटमा भिटामिन डी मात्रा कम देखिएको छ । डाक्टरहरुका अनुसार रबि लामिछानेको खानपान नमिल्दा र घाममा नबसेका कारण भिटामिन कमी भएको पाईएको छ । आज उक्त रिर्पोट सहित रविलाई स्वास्थ्य परामर्श दिन चिकित्सक नख्खु कारागारमै जान लागेका हुन । भिटामिन ‘डी’को कमीले रोगसँग लड्ने क्षमता पनि कम गरिदिन्छ । लामिछानेलाई तीन दिन अघिमात्रै भैरहवा कारागारबाट स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको थियो ।उक्त दिन उनलाई करिब ४ सय कैदीबन्दी राखिएको ब्लकमा राखिएको थियो ।
२०८१ चैत २५ गते देखि भैरहवा कारागारमा थुनामा रहेका रविले जेठ १४ गते काठमाडौँ अड्डासारका लागि जिल्ला अदालत रूपन्देहीमा निवेदन दिएका थिए ।१६ जेठमा अदालतले रविको अड्डासारको मागलाई सदर गरेको थियो । तर, न्यायधिश अशोक कुमार बस्नेतको इजलासले उक्त ओश दिए पनि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले अड्डासार रोकेरै राखेका थिए । शनिबार ढिलो कारागार पु¥याइएका कारण रविलाई अन्य ४१४ जना कैदी, बन्दी राखिएकै ब्लकमा राखिएको थियो । यस अगाडी लामिछानेको कारागार बसाइको अवस्था बुझ्न पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले कारागारको ब्यबस्थापन प्रति असन्तुष्टि जनाएको थियो । अनुगमनपछि मानवअधिकार प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका थिए।
राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिनु नै मुख्य समस्या भएको बताएकी थिईन । सर्वत्र आलोचना पछि सरकारले उनको अड्डासार गरेको थियो । २०८१ चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासबाट उक्त आदेश जारी गरिएको हो। आदेशपछि रविलाई काठमाडौँस्थित निवासबाट सोही दिन पक्राउ गरी रुपन्देही ल्याइएको थियो।