Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उपसभामुख इन्दिरा राना मगरलाई सरकारले हटाउने तयारी, महाअभियोगको प्रस्ताव लैजाने

उपसभामुख इन्दिरा राना मगरलाई सरकारले हटाउने तयारी, महाअभियोगको प्रस्ताव लैजाने

काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरलाई सरकारले हटाउने तयारी गरेको खुल्न आएको छ । रवि लामिछाने नेतृत्वको रास्वपा की नेता समेत रहेकी मगरलाई महाअभियोग लगाएर सरकारले हटाउने तयारी गरेको हो । जसका लागि सत्ता साझेदार दल नेपाली कांग्रेस र एमाले का सांसदहरुलाई आकस्मिक रूपमा सिंहदरबार बोलाइएको छ । उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी गरेको कांग्रेसले छलफल र हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको बताइएको छ । १२ बजेभित्र सांसदहरू दलको कार्यालयमा उपस्थित भनिएको पनि बताइएको हो ।

यसअघि सत्तारुढ दल नेकपा एमालेले पनि आफ्ना सांसदहरूलाई दलको कार्यालयमा उपस्थित हुन भनिसकेको छ । उपसभामुख रानामगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि छानबिनको माग भइरहेको थियो । उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो । रानामगर माथि विभिन्न समयमा काग्रेस र एमाले सांसहरुले पनि विभिन्न प्रश्न उठाउने गरेका छन ।

पार्टी र संसद् सचिवालयसँग असम्बन्धित मानिसलाई भिसाको लागि अन्तर्वार्ताको मिति मिलाइदिन भन्दै अमेरिकी दूतावासमा लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना विवादमा परेकी थिइन । उपसभामुख रानाले आफ्नो टोलीको सदस्य भन्दै ५ जनाको अन्तर्वार्ताको समय अगाडि सारिदिन ताकेता गरेको आरोप लागेको थियो । आफूसँगै अन्य पाँच जना पुरुषलाई भिसाका लागि सिफारिश गरेकी उपसभामुखले उनीहरु के भूमिकामा कार्यरत छन् भन्ने कुरा चिठीमा नखुलाए पछि उनी माथि प्रश्न उठेको हो ।

(रास्वपा) की सांसद राना ७ माघ २०७९ मा उपसभामुख निर्वाचित भएकी थिइन् ।