Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अर्थ समिति र कानुन समितिको बैठक आज बस्ने

अर्थ समिति र कानुन समितिको बैठक आज बस्ने

काठमाडौँ । आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ । अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्ने भएका हुन् ।

अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

त्यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१’ मा दफावार छलफल गर्ने कार्यसूची छ । बैठक दिउसो १ बजेको लागि बोलाइएको छ ।