काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले विपिन जोशीको शीघ्र रिहाइको पहलको लागि प्रधानमन्त्रीलाई धन्यवाद दिँदै तर उखान टुक्का जस्तो हावा गफ नहोस् भन्ने कामना गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीको रिहाइको लागि सरकार गम्भीर भएको बताउँदै शीघ्र रिहाइको पहल गरिरहेको जानकारी सामाजिक सञ्जालमा दिएलगत्तै सचेतक शाहीको यस्तो प्रतिक्रिया आएका हो। उनले भनेका छन् धन्यवाद प्रधानमन्त्री ज्यु विपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु हाम्रो जिम्मेवारी हो, सरकार साथमा छ भन्नु भएकोमा। तर उखान टुक्का हाने जस्तो हावा गफ नहान्नु होला काम गर्नु होला हामी आशाबादी छौ । उनले भनेका छन । ओलीले नेपाल सरकार इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइको लागि हर सम्भव पहलमा जुटिरहेको बताएका थिए । उनले आज सामाजिक सञ्जालमार्फत जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेकोले हर सम्भव पहलमा जुटिरहेको जानकारी दिएका हुन् ।उनले सामाजीक सञ्जालमा भनेका छन ।
इजरायलमा हमास समूहले बन्धक बनाएका बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु हाम्रो जिम्मेवारी हो। इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्ष अमिर ओहाना सँग भेटेर बिपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नु भएको छ । यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ। सरकार बिपिनको सुरक्षालाई प्राथमिकता दिंदै हर सम्भव पहलमा जुटिरहेको छ। बिपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावास मार्फत निरन्तर संवाद गरिरहेको छ।
इजरायलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ता सबैप्रति विशेष धन्यवाद। बिपिनका परिवारको साथमा सरकार छ। एनले भनेका छन् । प्रधानमन्त्री ओलीले विपिनका परिवारको साथमा नेपाल सरकार रहेको समेत बताएका छन् । यतिबेला विपीकी आमा र बहिनी ईजरायल पुगेर ईजरायली सरकारको ध्यानाकर्षण गराई रहेका छन् । यस अगाडी शाहीले परराष्ट्र मन्त्री आरजु राणाको राजीनामा मागेका थिए । आरजुले कुटनितीक पहल गर्न नसकेको उनको भनाई थियो । आज मात्रै प्रधानमन्त्रीले पहल भएको आश्वासन दिएका छन ्। सरकारी तबरबाट कुनै पहल नभए प िविपीनकी आमा र बहिनी आफ्र ईजरायल पुगेका हुन ।