Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानको स्वास्थ्यमा के भयो ? ट्रमा सेन्टरबाट जाँचको लागि डाक्टरको टोली नख्खु कारागारमा

रवि लामिछानको स्वास्थ्यमा के भयो ? ट्रमा सेन्टरबाट जाँचको लागि डाक्टरको टोली नख्खु कारागारमा

काठमाडौँ । रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । डिपी अर्यालले रविको स्वास्थ्यमा समस्या देखिएको बताएका हुन् । अर्यालले पहिलेको भन्दा स्किन फरक देखिएको बताएका छन भने ट्रमा सेन्टरबाट जाँचको लागि डाक्टरको टोली नख्खु कारागार पुगेका छन ।

अर्याल र लामिछाने बिचमा समसामयिक विषयमा कुराकानी भएको छ । रुपन्देही करागारमा रहँदा घाममा निस्कन नपाएको कारण त्यस्तो भएको हुनसक्ने उपसभापति अर्यालको अनुमान छ । रुपन्देही करागारमा रहँदा लामिछाने कोठाबाट बाहिर निस्कन पाएका थिएनन् । आफूहरु भेट्न जाँदा पनि अँध्यारो कोठामा बस्ने भएका कारण लामिछानेको स्किनमा खास फरक नदेखिएको र अहिले खुल्ला ठाउँमा भेट्दा पसरवर्तन देखिएको अर्यालले बताए ।