काठमाडौँ । भारतरले नेपाली सेनालाई गाडी,घोडा र कुकुर दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले भारतबाट ६ थान गाडी, ५ वटा घोडा र अनुसन्धानमा प्रयोग हुने २ वटा कुकुर सहयोग स्वरुप दिएका हुन ।
यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको थियो । नेपाल र भारतबीच एक अर्का देशका सेना प्रमुखलाई मानार्थ सेना प्रमुखको सम्मान प्रदान गर्ने अनुपम परम्परा छ ।
नेपाल र भारतबीच लामो समयदेखि वार्षिक रूपमा ठूलो सङ्ख्यामा एक अर्का देशमा सैनिक तालिम र प्रशिक्षणका कार्यक्रम सञ्चालन हुँदै आएको छ ।