काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवार कागरागारबाट काठमाडौँ सरुवा गरिएको छ । काठमाडौँ विमानस्थल ओर्लने बित्तिकै लामिछानेलाई नेपाल आयल निगमको बाटो हुँदै नख्खु कारागारमा पुर्याइएको हो ।
उनलाई बुद्ध एयरको विमानबाट काठमाडौँ ल्याइएको हो। उनलाई स्वागत गर्न रास्वपाका नेतारकार्यकर्ता विमानस्थलमा भेला भएका थिए।
गत चैत २५ गतेदेखि भैरहवा कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। तर, उनलाई कारागार स्थानान्तरण नगर्दा सरकारको आलोचना भएको थियो। आलोचनापछि सरकार उनलाई काठमाडौँ ल्याउन तयार भएको हो।