Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेले आफु बसेको रुपन्देही कारागारको भित्तामा के लेखेका छन ?

रवि लामिछानेले आफु बसेको रुपन्देही कारागारको भित्तामा के लेखेका छन ?

काठमाडौँ । रवि लामिछानेले आफु बसेको रुपन्देही कारगारको भित्तामा अब कृष्ण नजन्मिने र जन्मकाहरु नै कृष्ण बन्नु पर्ने भनेर लेखेका बताएका छन । रविले स्वणिम वाग्ले र प्रवक्ता मनिष झासँग आफुले भित्तामा यस्तो लेखेको बताएका हुन । लामिछानेले आफूलाई मंगल ग्रहमा लगे पनि नडराउने पनि बताएका छन ।

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको उडान नम्बर यूए ८६० मार्फत लामिछानेलाई सारिएको हो।

यस्तो छ झाको पोस्ट :

कृष्ण जन्माष्टमी र Buddha Air- UA 860

आज कृष्ण जन्माष्टमीको दिन, राष्ट्रिय स्वतन्त्र पार्टी, लुम्बिनी प्रदेशको प्रशिक्षणको लागि बिहान सबेरै भैरहवा पुगे र जानकारी पाए कि पार्टी सभापति ज्यू लाई काठमाडौँ उपत्यका स्थित नख्खु कारागार स्थानान्तरण गरिँदै छ। प्रशिक्षणमा मेरो जिम्मेवारीको सत्र सकाए।

हतारिएर, अनिश्चितताको सास फेर्दै

प्रहरी प्रशासनलाई आग्रह गरे, एक छिन भेट्न पाइन्छ कि भनेर भैरहवा कारागारमै पुगेँ। साथमा पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्ले पनि हुनुहुन्थ्यो। कारागार प्रशासकले आज भेट्न मिल्दैन भनेर फर्काइदियो।

विमानस्थलमा एक छिन भेट्न दिन विमानस्थलस्थित प्रहरी प्रशासनलाई अनुरोध गर्न पुग्यौ। निक्कै अनुरोध गरे पश्चात् म र पार्टी उपसभापति डा स्वर्णिम वाग्ले लाई विमानस्थल प्रतीक्षालयमा उभिएरै दुई मिनेट भेट्न दिनु भयो।

सेतो सर्ट र खरानी रङको पाइन्टमा उज्यालो अनुहार धपक्क बलेको कारागार स्थानान्तरण कुनै त्रास थपेको छैन कुनै डर छैन केही भए छैन।

मैले सोधे, कति दिन भैरहवा बस्नु भयो? वहाँले भन्नुभयो - १२६ दिन।

काठमाडौँ जानुहुँदैछ, के सोच्दै हुनुहुन्छ? वहाँले भन्नुभयो, "पुरै नेपाल मेरो घर हो। सबै नेपाली आफन्त हुन, सबै सँग माया छ, सद्भाव छ, सबैको हामीप्रतिको विश्वासमा आभार छ।"

"भैरहवाको हावापानी, यहाँको आमा बुवा, दाजुभाइ दिदी बहिनी सबै प्रति कृतज्ञ छु। मलाई सुरक्षा दिनुहुने सुरक्षाकर्मी साथीहरू मलाई १२६ दिनसम्म जे जस्तो हुन्छ खाना अन्नको व्यवस्थापन गरिदिने कारागार प्रशासन लगायत सबैप्रति आभारी छु।"

"राजनीतिक प्रतिशोधले यिनीहरूले मंगल ग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो। जसरी सक्छन् जता सक्छन् लग्न देऊ। केही फरक पर्दैन।"

"म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु। अब कृष्ण जन्मिने छैन। जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ।"

"४६३ दिन पहिले एकनाले प्रमाण छ भनेर भने। मैले प्रमाण मागे उसले बल प्रयोग देखायो। मैले न्याय मागे उसको संयन्त्रले प्रतिशोध साध्यो।"

"तर पनि म भयभीत छैन। किनकि म जनताको अदालतमा विश्वास गरेर परिवर्तनको लागि सबै त्यागेरै हिँडेको मान्छे।"

सुरक्षाकर्मीले हामीलाई छुट्टिन अनुरोध गर्‍यो। "अब काठमाडौँमा भेटौला है" भनेर भैरहवाबाट काठमाडौँको लागि उडेको यूए ८६० बुद्ध एयरलाई टाढैबाट राम्ररी पुग्नु है भनेर छुट्टियौँ।