Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चक्रे मिलनलाई धरौटीमा रिहा गर्न आदेश

चक्रे मिलनलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । गुन्डा नाइके तथा एमाले नेता रहेका चक्रे मिलनलाई जिल्ला अदालत भक्तपुरले पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत भक्तपुरले उनलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश जारी गरेको हो । चक्रेविरुद्ध बिहीबार ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको थियो ।

गोरखाको सिरानचोक गाउँपालिका(५ का चक्रे मिलनविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो। प्रहरीको अनुसन्धानपछि बिहीबार जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले बिहीबार अदालतमा मुद्दा दर्ता गरेको थियो। शुक्रबार भएको थुनछेक बहसपछि न्यायाधीश न्यौपानेको इजलासले उनलाई धरौटीमा छाड्न भनेको हो। सर्लाहीको हरिवनका मनीष रायमाझीलाई ज्यान मार्ने उदेश्यले कुटपिट गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले प्रहरीमा जाहेरी दिएका थिए।

अदालतमा उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १८३ अनुसार ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरिएको थियो। यो कसुरमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग गरिएको थियो।