काठमाडौँ । नेपाली सेनाका पूर्वकर्णेल र सशस्त्र प्रहरीका पूर्व डीआइजी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मा प्रवेश गरेका छन् । पछिल्लो समय रास्वपामा प्रवेश गर्नेको लर्को नै लाग्न थालेको छ । ठुला र पुराना पार्टीबार्टी बाट वाक्क बनेका जनता अब मत परवर्तनको सोचाईमा पुगीसकेका छन । पार्टी प्रवक्ता मनिष झाका अनुसार बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस सम्बद्ध ट्रेड युनियनका उपाध्यक्ष रहेका ललित बहादुर श्रेष्ठसहित नेपाली सेनाका पूवकर्णेल डाक्टर प्रद्युम्न पौडेल र सशस्त्र प्रहरी बलका पूर्व डिआइजी दुर्गा भट्टराई पार्टी प्रवेश गरेका हुन् ।
श्रेष्ठले २०३९ सालदेखि कांग्रेसमा सक्रिय राजनीति गरेको बताइएको छ। भने सेनाको जनसम्पर्क निर्देशनालयमा १८ वर्ष काम गरेको अनुभव बोकेका डा। पौडेलले चीनबाट ‘सङ्कटको समयमा सञ्चार’ विषयमा विद्यावारिधि पीएचडी गरेका छन्। पार्टी प्रवक्ता मनिष झाले दैनिक करिब एक हजार जनाले रास्वपाको सदस्यता लिइरहेको भन्दै पार्टीप्रति आकर्षण बढ्दो रहेको दाबी गरे। ‘सबै सदस्य हाम्रो लागि विशेष हुनुहुन्छ, तर तपाईंहरुको जानकारी र समाचारका लागि हामीले केही विशेष व्यक्तित्वहरूलाई आज प्रस्तुत गरेका हौं,’ झाले भने। अहिले धेरै जनाको आशा रास्वापा बन्न थालेको छ । छोटो अवधिमै सबै माझ लोक प्रिय बनेको रास्वापाले अहिले आफ्नो संगठन बिस्तारलाई पनि बिशेष प्राथमिकता दिई रहेको छ ।
अहिले रास्वपा वडा तह सम्म पुगिसकेको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा कारागारमा भए पनि रास्ववपा भने अहिले अझ मजबुत बन्ने बताउँदै आएको छ । बिशेष गरि कारागारमै रहेका सभापति लामिछानेको डिजाईन अनुसार नै रास्वपा अगाडी बढी रहेको छ । त्यसैले अहिले रासवपामा आकर्षण पनि बढी रहेको । सशस्त्र प्रहरी बलका पूर्व एसएसपी विश्वेश्वर थापा, अन्तर्राष्ट्रिय लायन्स क्लबको पूर्व गभर्नर र रेउकाई नेपालको पूर्वअध्यक्ष रहेकी महिला उद्यमी शोभा जोशी पनि रास्वपामा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरूलाई कार्यवाहक सभापति डीपी अर्याललगायतले लोगो लगाएर स्वागत गरेका थिए । अहिले रास्वपाको लहर बढ्दै गएको छ । पुराना पार्टीबाट वाक्क बनेका जनताको रोजाईमा नयाा तथा युबाको जमात बढ्दै गएको छ । अहिले उपनिर्वाचन पनि ननिकीदै गर्दा पार्टी प्रवेशले झंगार ल्याएको छ । हुन त पार्टी प्रबेश सामान्य कुरा नै हो । कहिले कुन पार्टी त कहिने कुन पार्टी तर, पनि जनमत अहिले कता भन्ने कुरा महत्वपुर्ण रहेको छ र्। ९रास्वपा० ले पूर्व उच्च सुरक्षा अधिकारी, सामाजिक अभियन्ता र व्यवसायीहरूलाई पार्टीमा धमाधम भित्र्याएको छ।