Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देउवाले कांग्रेसमा भित्र्याए हत्याका ‘फरार’ अभियुक्त, विश्वप्रकाश शर्मा पनि पार्टी प्रवेशमा सहभागी

देउवाले कांग्रेसमा भित्र्याए हत्याका ‘फरार’ अभियुक्त, विश्वप्रकाश शर्मा पनि पार्टी प्रवेशमा सहभागी

काठमाडौँ । सशस्त्र प्रहरी सहायक निरीक्षक असई थमन विकको हत्याका अभियुक्त देवेन्द्र यादवलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसमा भित्र्याएका छन् । यसै पनि काँग्रेस एमालेले गुण्डाका नाईके, अपराधीहरुलाई तथा भ्रष्टचारीहरुलाई जोगाएको आरोप लागी रहने गर्छ । हुन पनि ठुला पार्टीको संरक्षणमा खुलेआम गुण्डागर्दी भई रहेको हुन्छ र ठगी , लुटपाटमा संलग्नहरु राजनितीको छत्रछायाँमा रमाई रहेका हुन्न् । राजनितीक खोल ओडेर देशमा वितण्डा मच्याउनेहरुको जमात छ । राजनितीक दल जनताको संरक्षण कम गुण्डाका नाईके, सहकारी ठग, भ्रटाचारका मतियारहरुलाई ज्यादा संररक्षण गर्छन । अहिले काँग्रेसमा पनि असई हत्याका आरोपी भित्राएको भन्दै आलोचना भई रहेको छ । एक कार्यक्रमबीच सभापति देउवाले यादवलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

यादवको पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि सहभागी थिए । यस्तै, सहमहामन्त्री महेन्द्र यादव, महोत्तरी ४ बाट निर्वाचित सांसद महेन्द्रकुमार राय, कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादव र कांग्रेस महोत्तरी सभापति नागेश्वर यादवको उपस्थिति रहेको थियो । यादव लामो समयदेखि प्रहरीको फरार सुचीमा रहेका छन् । उनको मुद्दा भने महोत्तरी जिल्ला अदालतमा मुल्तवीमा छ । प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरेपछि मुद्दामा सुनवाइ हुने जिल्ला अदालत महोत्तरीका रजिस्टार नुतन झाले बताए । ०७२ भदौ २५ गते विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। हेटौँडाबाट राष्ट्रसंघीय मिसनका लागि आवश्यक परीक्षा दिएर ड्युटीको लागि महोत्तरी आएका विकमाथि महोत्तरीमा आन्दोलनकारीले आक्रमण गरेका थिए। घाइते विकको जलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि जनकपुर ल्याउँदै गर्दा महोत्तरीको साविक अनैठा गाविसमा आन्दोलनकारीले एम्बुलेन्सबाट निकालेर कुटपिट गरेर हत्या गरेका थिए। विकको हत्यामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

जन्मकैदको सजाय पाउनेमा शर्मासहित सञ्जयकुमार साह, प्रदिप साह माझी, मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र भन्ने शंकर शाही र सुरेश पाण्डे छन्। ०७२ फागुन २७ गते जिल्ला अदालत महोतरीमा एमालेका लक्षमी महतो कोइरीसहित २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। कोईरीलाई भने उन्मुक्ती दिईएको छ । सत्ताकै आडमा उनले उन्मुक्ती पाएका हुन । ०७४ साल मंसिर ४ को निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट नेकपा एमालेबाट सांसदमा चुनाव जितेका कोइरी ०७२ सालको मधेस आन्दोलनका बेलामा मधेसवादी दलमा आबद्ध थिए। यता काँग्रसले भित्राएका यादबलाई प्रहरीले पक्राउ गरेर अदालतमा नबुझाएकाले उनको मुद्दा मुतलवीमा राखिएको छ । महोत्तरीका काँग्रेस सभापति नागेश्वर यादवले देवेन्द्र यादव हत्या अभियुक्त भएको बारेमा आफूलाई जानकारी नभएको दावी गरेका छन् ।