काठमाडौँ । सरकारले यस पटक पनि भारी मात्रामा सहसचिवहरुको सरुवा गरेको छ । तर,लामो समय देखी विवादीत काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सहसचिव सरोज गुरागाईँको भने सरुवा भएन । उनी महानगरमा निकै बिबादीत अधिकृत हुन । उनकै कारण महानगरको निर्धारित समयमा बजेट पनि आउन सकेन । महानगरमा मेयर बालेन शाह र गुरागाँईको बिच लफडाले महानगर अस्तब्यस्त बनेको थियो । अझै पनि गुरागाईँ संग बालेनको सम्बन्ध राम्रो छैन । बालेनको सम्बन्ध गुरागाईँ संग मात्रै नभएर प्रधानमन्त्री ओली संग पनि छैन । मन्त्रिपरिषद्को साउन २६ गते बसेको बैठकले विभिन्न स्थानमा कार्यरत ७२ सहसचिवको सरुवा ग¥यो ।
ठुलो सङ्ख्यामा सहसचिव सरुवा हुँदा पनि लामो समय विवाद रहेको काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव सरोज गुरागाईँ सरुवा भएनन् । बालेनले पटक पटक उनलाई नपठाउन आग्रह गरेका थिए । तर, सरकारले अरु जान नमानेको बाहाना बनाउँदै गुरागाईलाई नै पठायो । गुरागाईलाई एमालेकी उपमेयर सुनिता ढंगोल, कर्मचारी तथा वडा अध्यक्षहरु मिलेर जवरजस्ती भित्राएका थिए । त्यस यता बालेन झनै रुष्ट बनेका थिए । सरकारले मेयर संग लफडा परेर महानगरमा काम रोकिने अवस्था हुदाँ पनि अभिकृत सरुवा नगर्नु मेयर बालेन संग बदला लिनु नै भएको जानकारहरु बताउँछन् । प्रधानमन्त्री ओली र बालेन दुबैले सामाजीक सञ्जालबाटै एक अर्कालाई काउन्टर दिई रहेका हुन्छन् । यति सम्मकी ओली सहभागी कार्यक्रममा बालेन जादै जादैनन ।
बालेन सँग गुरागाईँको गत पुसदेखि विवाद छ । नगरप्रमुख बालेनको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई आफ्नो कार्यकक्षमा छिर्न नदिएका नगर प्रमुख राजुनाथ पाण्डेलाई गुरागाईँले निलम्बन समेत गरे । उनको निलम्बनलाई चुनौती दिँदै पाण्डे अदालत गएपछि अदालतले निलम्बन फुकुवा गरिदिएपछि काममा फर्किएका छन् । महानगरमा यति धेरै बिबाद हुदा पनि सरकारी पक्षले खासै चासो भने देखाएको छैन । बालेन र गुरागाईँ दुवैले सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरे पनि सरुवा नगरेको पाईएको छ । यस अगाडी बजेट भाषणको बेला बालेनले गुरागाँईको मुख सम्म पनि हेरेका थिएनन । अहिले महानगरको विवाद बढेपनि ओलीले खासै चासो देखाएका छैनन । ओलीले बालेनलाई देखी सहदैनन । उनीहरु बिचमा सामाजीक सञ्जाल र सञ्चार माध्यमबाटै द्धन्द्ध चलिरहेको हुन्छ । बालेनले पनि ओली प्रति कटाक्ष गरिरहेका हुन्छन् । त्यसैले पनि ओलीले नै बालेनलाई बदला लिन खोजेको आरोप पनि लागेको छ ।