काठमाडौँ । आज सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज बिहान ११ः४५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०र८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ।
आजकै दिन पाँच वटा संसदीय समितिको बैठक पनि बस्नेछ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण हुने र त्यसबारे छलफल गरिने कार्यक्रम छ।
उद्योग, वाणिज्य तथा श्रम समिति बैठकमा ‘निकासी पैठारी ९नियमन० विधेयक, २०८१’ सम्बन्धी विषय विज्ञको प्रस्तुतिपछि छलफल हुनेछ। त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले हिन्द कुश हिमालयन पार्लियामेन्ट मिट–२०२५ सम्मेलनको तयारीबारे समीक्षा गर्नेछ।
सार्वजनिक लेखा समितिको बैठकमा ट्रकको भारवहन क्षमतासम्बन्धी उजुरीमाथि छलफल हुनेछ भने विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१’ दफावार छलफल गर्ने कार्यसूची तय गरेको छ।