Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपामा दिपक बोहराको सहकोषाध्यक्ष खारेज,निर्वाचन आयोगले बल्ल गर्याे विवरण अद्यावधिक

रास्वपामा दिपक बोहराको सहकोषाध्यक्ष खारेज,निर्वाचन आयोगले बल्ल गर्याे विवरण अद्यावधिक

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति अद्यावधिक गरेको छ । रास्वपाले पार्टीको केन्द्रीय कमिटी अद्यावधिकको लागि पटक पटक ताकेदा गरेको थियो ।पूर्वमहामन्त्री मुकुल ढकालले सर्वोच्च अदालतमा हालेको रिट खारेज भएलगत्तै आयोगले रास्वपाको विवरण अद्यावधिक गरेको हो । रास्वपाले तत्कालीन महामन्त्री मुकुल ढकालाई अघिल्लो वर्षको असारमा हटाएको लगायतका विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको थियो।

तर,आयोगले लामो समयसम्म त्यो विवरण अद्यावधि नगरिदिएपछि त्यसलाई आधार बनाउँदै ढकालले आफू नै रास्वपा महामन्त्री भएको दाबी गरेका थिए। आयोगले राजनीतिक दलसम्वन्धी ऐन २०७३ को दफा ५१ र राजनीतिक दल सम्वन्धी नियमावली २०७४ को नियम २५ बमोजिम रास्वपाका केन्द्रीय समिति पदाधिकारी तथा सदस्यहरुको हेरफेर भएको अद्यावधिक विवरण अभिलेखिकरण गर्ने र सोको जानकारी पार्टीलाई उपलब्ध गराउने निर्णय गरेको छ ।अद्यावधिक विवरण अनुसार रास्वपाको केन्द्रीय समितिमा ६२ जना रहेका छ । रास्वपाले उपलब्ध गराएको सुचीअनुसार महामन्त्री डा। मुकुल ढकाललाई कारवाही गरेर हटाइएपश्चात कविन्द्र बुर्लाकोटी महामन्त्री बनेको विवरण पहिल्यै अद्यावधिक भइसकेको देखिन्छ । मनिष झालाई सह प्रवक्ताबाट प्रवक्तामा गरिएको पदोन्नति भने भर्खर अद्यावधिक भएको छ । सर्वोच्चले मंगलबार मुकुलको निवेदन नै खारिज गरिदिएको थियो। अदालतले उनको निवेदन खारेज गरिदिएसँगै आयोगले रास्वपाको विवरण अद्यावधिक गरेको हो। अद्यावधिक विवरणमा कविन्द्र बुर्लाकोटी महामन्त्री र मनीष झालाई प्रवक्ता बनाइएको छ।

पार्टीको साधारण सदस्यबाट पनि निकालीएका मुकुल सामाजीक सञ्जालमा आफै महामन्त्री भएको भन्दै डोङ पिटिरहेका थिए । अब भने उनको मुखमा बुझो लागेको छ । यस अगाडी निर्वाचन आयोगले रास्वापाले मुकुललाई कारवाहि गरेको निवेदन पठाउँदा पनि अध्याबधिक नगरे पछि झन तनाव भएको थियो । मुकुल आफुलाई पुन महामन्त्री बनाउँनु पर्ने भन्दै अदालत पुगेका हुन् । अहिले रास्वपा संथग मुकुलको पानी बाराबारको सम्बन्ध छ । उनले बेला बेला पार्टी सभापति रवि लामिछानेको बिषयमा आलोचना गर्दै आएका छन । अर्को महत्वपूर्ण परिवर्तन भनेको सहकोषाध्यक्षमा दिपक बोहोराको नाम नयाँ विवरणमा छैन । रास्वपामा बसुमाया तामाङ र बोहोरा दुई सहकोषाध्यक्ष थिए । तर, पार्टीले हालै मात्र एकजना मात्रै सहकोषाध्यक्ष राख्ने निर्णय लिएपछि बोहोराले राजीनामा दिएका थिए । हाल बसुमायामात्रै सहकोषाध्यक्ष छिन् । अद्यावधिक विवरणमा बोहोरा केन्द्रीय सदस्यको हैसियतमा छन् । उनको नाम रास्वपामा सहमहामन्त्रीका लागि प्रस्तावित भएको छ । सुमना श्रेष्ठले छोडेपछि खाली रहेको पदमा बोहोरालाई प्रस्ताव गरिएको हो । यसमा निर्णय भइसकेको छैन । यस्तै, सुमना श्रेष्ठको नाम सहमहामन्त्रीबाट भर्खरै मात्र हटेको छ ।