काठमाडौँ । रामहरि खतिवडाले राजीनामा दिएसँगै सत्तारुढ दल नेपाली कांग्रेसमा राज्य व्यवस्था तथा सुशासन समितिको भावी सभापतिबारे आन्तरिक छलफल सुरू भएको छ । सँगै आकांक्षीहरूले लबिङ थालेका छन् । अहिले राज्य ब्यबस्था समितीको सभापति बन्न आकाक्षीहरुको लर्को लागेको छ । काँग्रसले पनि कस्लाई पठाउने भन्ने बिषयमा छलफललाई अगाडी बढाएको छ ।
कुलिङ पिरियड भएको छेडखानीमा संसदीय छानबिन समितिले नैतिक जिम्मेवार ठह¥याएपछि खतिवडाले मंगलबार सदनबाट राजीनामाको घोषणा गरेका हुन । उनले हिजो सभामुख देवराज घिमिरेसमक्ष औपचारिक राजीनामा पत्र बुझाएका दिए । उनले पार्टी र पार्टी सभापति शेरबहादुर देउवाले राजीनामा दिन नभनेपनि पद छाडेका बताएका थिए ।त्यसैले कांग्रेसभित्र नयाँ सभापति बन्ने व्यक्तिको खोजी सुरू भएको हो। राज्य व्यवस्था समितिमा रामहरि खतिवडासहित नेपाली कांग्रेसका ९ जना सांसद छन्।कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा समितिका सदस्य छन्। त्यस्तै संसदीय सुनुवाइ समितिकी सभापति रहेकी ईश्वरदेवी न्यौपाने पनि समितिमा छन्। त्यसैगरी दिलेन्द्र बडू, हृदयराम थानी, अम्बिका बस्नेत र सरिता प्रसाईसहित कांग्रेसका तर्फबाट ९ जना सांसद समितिमा छन्। खतिवडाको राजीनामासँगै अहिलेकै समितिका सदस्यबाट आउँदा कांग्रेस सांसदमध्ये हृदयराम थानी र दिलेन्द्रप्रसाद बडूको पनि चर्चा छ । बडू यसअघि मन्त्री भइसकेका थिए भने थानी मन्त्रीका दाबेदार हुन् ।सरकार मन्त्री हेरफेरको चर्चा चलिरहेको बेलामा थानीको आकांक्षा त्यता रहेको बताइन्छ । उनी यसअघि पनि एकपटक सभापति भइसकेका कारण आफैँ धेरै अग्रसर छैनन् ।त्यसबाहेक समितिमा रहेका अम्बिका बस्नेत, सरिता प्रसाईँ र ईश्वरी न्यौपाने पनि आकांक्षी छन् ।
अम्बिका संस्थापन र सरिता शेखर पक्षकी सांसद हुन् । ईश्वरी पूर्वसचेतकको जिम्मेवारी सम्हालेकी व्यक्ति हुन्। उनी पनि संस्थापनकी प्रखर नेतृ हुन् । कतिपयले कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा सभापति बन्ने सम्भावना औँल्याएका छन्। त्यसको पछाडि भने सांसद शर्माले सभापतिबाट खतिवडालाई राजीनामा गराउन गरेको जोडबल मुख्य कारण हो। निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ राख्ने सहमति संसदीय समितिमा भएको थियो । तर संसद्मा पुगेको विधेयकमा त्यसलाई नराखी पारित गरिएको रहस्य खुलेपछि खतिवडाको बदनियत बाहिरिएको हो । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडा र सचिव दुवैले विधेयकमा ‘बाहेक’ शब्द घुसाएर बदमासी गरेको भन्दै यसको जिम्मेवारी उनीहरूले लिनुपर्ने आवाज सांसदहरूले उठाएका थिए । तत्कालीन सामान्य प्रशासनमन्त्री अनितादेवीले संघीय संसद् सचिवालयमा पेस गरेको विधेयकको दफा ८२ मा निजामती कर्मचारीहरूले ‘अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने’ भन्ने व्यवस्था प्रस्तावित छ ।त्यसबेला विधेयकमा अवकाश हुने कर्मचारीहरूलाई विभिन्न बन्देजात्मक व्यवस्था भए पनि कुनै नियुक्ति नै लिन नपाउने गरी कुलिङ पिरियडको व्यवस्था थिएन ।पछि सांसदहरूले संशोधन प्रस्ताव पेस गरी छलफलका क्रममा कुलिङ पिरियडको व्यवस्था थपेका हुन् । रामहरिले भने बद्कासी बाहिर आए पछि राजीनामा दिएका हुने ।