Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछाने थुनिएको कोठाको झ्यालबाट प्लाइउड हटाएर जाली राखियो,छिट्टै कारागार सरुवा हुँदै

रवि लामिछाने थुनिएको कोठाको झ्यालबाट प्लाइउड हटाएर जाली राखियो,छिट्टै कारागार सरुवा हुँदै

काठमाडौँ । भैरहवा स्थित रुपन्देही जिल्ला कारागार कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने थुनिएको कोठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखेको छ। कारागार प्रशासनले बिहीबार विज्ञप्ति जारी गरी पूर्वगृहमन्त्री लामिछाने बस्ने कोठाको झ्यालबाट प्लाइउड हटाई सट्टामा जाली राखिएको जानकारी दिएको हो। यस अगाडी मानव अधिकार आयोगले धैरहवा कारगारमै पुगेर रवि बस्ने ठाउँको आनुगमन गरेको थियो ।

अनुगमनका क्रममा आयोगले लामिछाने बस्ने कोठामा बन्द रहेको झ्या हटाउन र हावा र उज्यालो छिर्नै बाताबरण बनाउन आग्रह गरेको थियो । त्यो संग्र कारागार प्रशासनले हटाउने बताएको थियो । त्यहि अनुसार नै प्लाइउड हटाई त्यसको सट्टामा जाली राखिएको छ । रवि बस्ने कोठा अध्यारा , झ्याल नभएको, सानो र साँघुरो कोठा भएको शैचालय पनि राम्रो नभएको आयोगले बताएको थियो । लामिछाने राखिएको कोठाका सन्दर्भमा केही दिनयता सञ्चारमाध्यममा समाचार आइरहेकाले आफ्नो ध्यानाकर्षण भएको रुपन्देही जिल्ला कारागार कार्यालयले जनाएको छ। कारागार कार्यालयका अनुसार २५० जना बन्दी राख्ने क्षमता रहेको रुपन्देही कारागारमा हाल ६४० जना बन्दी छन्। क्षमताभन्दा तीन गुणा बढी बन्दी रहेको अवस्थामा पनि कारागारमा उपलब्ध स्रोतसाधनको परिचालन गरी कानुनबमोजिमका सेवा–सुविधा समयमै उपलब्ध गराइरहेको दाबी कारागार कार्यालयले गरेको छ।

क्षमता भन्दा बढी कैदी बन्दी राखीएको भन्दै अहिले सर्वत्र आलोचना भई रहेको छ । केहि दिन देखी पुर्व गृहमन्त्री समेत रहेका रास्वपा का सभापति लामिछाने माथी आधारभुत आबश्यकता पनि नदिएर मानव अधिकार हहन भएको भन्दै समाचार आए पछि मानव अधिकार आयोगले अनुगमन गरेको थियो । अहिले कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी राखीएको छ । न त शैचादयको राम्रो ब्यबस्था छ न सुत्ने ठाउँको नै । एउटै कोठामा २८ जनासम्म कैदी राखीएका छन्, राति आलोपालो गरेर सुत्नु पर्ने बाध्यता छ । ९२ वर्ष पुरानो कारागार भवन जीर्ण बन्दै गएको छ । तर, त्यसको राम्रो संग मर्मत पनि हुन सकेको छैन । सरकारले कैदिबन्धीको जीबन संग खेलवाड गरिरहेको आरोप लाग्न थालेको छ । कारागार भित्रको भौतिक अवस्था दयनीय देखिएको छ ।कारागार प्रशासक सुरेश भण्डारीले क्षमताभन्दा बढी कैदीबन्दीले आन्तरिक व्यवस्थापनमा निकै समस्या परेको गुनासो गरेका थिए । १९९० सालमा निर्माण भएको यो कारागारमा सबैजसो भवनहरू जीर्ण छन् । तराईको चर्को गर्मी, क्षमताभन्दा बढी कैदीबन्दी व्यवस्थापनसँगै अन्य समस्याले पनि कारागारमा चुनौति थएिको छ । रवि लामिछानेलाई यहीँ कारागारको ब्लक नं ४ मा राखिएको छ,जहाँ उनी एक्लै रहेका छन । भवन जीर्ण बनेकाले ठाउँ–ठाउँमा भत्किने, चुहिने र बिरुवा उम्रिने समेत गरेका गरेका छन । उक्त कारागार परिसरमा चारैतर्फ सुरक्षा पर्खाल नहुँदा सुरक्षा अवस्था पनि निकै संवेदनशील बनेको छ ।