काठमाडौँ । यतिबेला रुपन्देही– ३ मा उपनिर्वाचनको माहोल तातेको छ । सबैलाई उपनिर्वाचनको चटारोले छोएको छ । अहिले दलहरूले उम्मेदवार छनोट लागि आन्तरिक र खुला रूपमा प्रक्रिया अगाडि बढाइरहेका छन् । राप्रपा सांसद दीपक बोहराको निधनपछि यहाँ कात्तिक १७ गने हुने उपनिर्वाचन हुँदैछ । अहिले रुपन्देही –३ मा उपचुनाक मात्रै होईन प्रतश्ठाको लडाई पनि हुदै छ । सबैले परक –फरक कोणबाट निर्वाचनको तयारी गरेका छन । संसदको चौथो ठुलो दल रास्वपा ले सार्वजनिक रूपमै आवेदन मागेर उम्मेदवार छनोटको नौलो तरिका अपनाएको छ भने सत्तारुढ दल नेकपा एमालेको पार्टीभित्र आकाङ्क्षीहरू बढेकाले बैठक आह्वान गरेर नाम सङ्कलन गरेको छ ।
अन्य पार्टीहरूले पनि उम्मेदवार छनोटमा तीव्र आन्तरिक गृहकार्य बढाइरहेका छन् । रास्वपाबाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका र एक चरणको छलफलसमेत सम्मपन्न भइसकेको पार्टीले जनाएको छ । रास्वपाले साउन २३ गते ९ जना आवेदकको सूची सार्वजनिक गरेको थियो । सुची अनुसार सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याल आकाक्षी रहेका छन्। महर्जनबाहेक सबै रुपन्देहीकै हुन्। रास्वपाले उम्मेदवार छान्न भदौ १२ र १३ गते प्राइमरी इलेक्सन गर्ने भएको छ । यस अगाडडी रास्वपाले उमेरदवार बन्न ईच्छुकहरु संग छलफल गरेको छ ।
९ जना आकाक्षीले उमेदवार बन्न निबेदन दिए पछि रास्वपाले आईतबार र सोमबार २ दिन सम्भावित उमेरदवारहरु संग छलफल गरेको थियो । तर, सहमती जुट्न सकेन । आकाक्षिहरु सबैले आफुहरु पछाडी नहट्ने बताए । आकाक्षी धेरै भए पछि रास्वपाले इलेक्सन मार्फत नै उमेरदवार चयन गर्ने भएको हो । भदौको दोस्रो साताभित्र उम्मेदवार टुङ्ग्याउने तयारी गरेको रास्वपाले छनोटको मापदण्डअन्तर्गत विद्युतीय मतदानबाट ५० प्रतिशत ९पार्टीभित्रका सदस्यहरूले मतदान गर्नेगरी० र नेतृत्व, शैक्षिक योग्यता र समावेशिताजस्ता आधारबाट बाँकी ५० प्रतिशत अंकभार तोकेको छ । रास्वपा लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकले ९ वटा आवेदनमध्ये एउटालाई टिकट दिएर बाँकी ८ जनालाई भने निर्वाचन प्रसार प्रचारमा लगाउने प्रतिबद्धता गराउने बताए । एमालेले पनि आकाङ्क्षीहरूको नाम सिफारिस गर्न जिल्ला कमिटी बैठकबाट पदाधिकारीलाई जिम्मा लगाएको पार्टी रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरले बताए ।गैरेका अनुसार खिमलाल भट्टराई, शशि पौडेल, यज्ञजित शाह र हरि अधिकारीले उम्मेदवार बन्ने इच्छा जनाएका छन् । र यिनै चार वटा नाम सिफारिस गरी प्रदेश र केन्द्रमा पठाउने जिम्मा जिल्लाका पदाधिकारीहरूलाई दिइएको उनको भनाइ छ । यता राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले पनि बोहरा परिवारभित्रैकाले टिकट पाउने सम्भावना धेरै रहेको बताए । र सोहीअनुसार मिलेर आउन पार्टीले आग्रह गरेको उनको भनाइ छ ।यसैगरी राप्रपाले ६ जनाको नाम सिफारिस गरे पनि स्वर्गीय दीपक बोहरा परिवारभित्रबाटै उम्मेदवार खोजेको छ ।