काठमाडौँ । पुर्व राष्ट्रपति तथा एमालेकी पुर्व उपाध्यक्ष विद्या देवी भण्डारीलाई एमालेमा मात्रे ईन्ट्रि नदिने होईन, एमाले भित्र पनि उनको कुरा गर्दै पाईदैन । विद्याको बिषयमा नेताहरुलाई बोल्न दिईएको छैन । अहिले एमालेमा फर्किने मात्रै नभएर एमाले अध्यक्ष बन्ने महत्वकांक्षा सहित सदस्यता नविकरण गराएकी भण्डारीलाको सदस्यता नविकरण नै भएनन । भण्डारी संग ससंकित बनेका अध्यक्ष ओलीले रातारात उनको सदस्यता नविकरण नगर्ने निर्णय गर्दै मध्यरातमै एमालेमा फर्कने ढोका बन्द गरिदिए ।
ओलीले ढोका बन्द गरेपनि भण्डारी कुनौ पनि हालतमा नरोकिने मनसायमा छिन् । केहि नेताहरुले भण्डारीलाई साथ दिई रहेका छन् । भण्डारीको पक्षमा नेताहरु खुल्न थाले पछि ओली पक्ष रुष्ट बनेका छन ्। नेकपा एमालेको कोसी प्रदेश बैठकमा केन्द्रबाट जारी अन्तरपार्टी निर्देशन ९अपानि०–१२ विरुद्ध छलफल गर्न खोज्ने केही नेतालाई समेत बोल्नबाट वञ्चित गरिएको छ। मंगलबार र बुधबार धनकुटाको हिलेमा बसेको एमाले प्रदेश कमिटीको बैठकमा केही सदस्यलाई आफ्नो धारणा राख्न नदिइएको हो। एमाले प्रदेश कमिटी अध्यक्ष खतिवडाले अपानिको बर्खिलाप हुने गरी बोल्न खोजेकाले उनीहरूलाई बोल्न नदिइएको स्वीकार गरेका छन्। एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खारेज र दुई कार्यकाल अध्यक्ष तथा ७० वर्षे उमेर हद हटाइएको विषयमा तीव्र विवाद छ। तर केन्द्रमा यी दुवै विषय अनुमोदन भइसकेको छ। यसैका आधारमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले साउन १२ गते अन्तरपार्टी निर्देशन–१२ मातहतका पार्टी कमिटीमा पठाएका छन्। यता ओली अध्यक्ष चुनिने बेलामा समेत ९० प्रतिशत मत एमाले काभ्रेबाट भएकोमा पछिल्लो समय उनैका विरुद्ध यहाँ समान्तर कमिटी बन्न थालेको छ ।
पार्टीको जिल्ला अधिवेशन देखिनै ओली पक्ष कमजोर बन्दै गएको एमाले काभ्रेमा अनेरास्ववियु हुँदै युवा संघमा समेत पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षको एकलौटी कमिटी घोषणा गर्दै काभ्रेपलाञ्चोकको एघारौं जिल्ला अधिवेशन सकिएको छ ।बागमती प्रदेश अध्यक्ष हरिशरण जमकट्टेल र काभ्रे इञ्चार्ज रहेका केन्द्रीय सदस्य सागर रायमाझीले अधिवेशन स्थगित गर्न दिएको निर्देशन समेत नमानेर पूर्वराष्ट्रपति समेत रहेकी पार्टीकी पूर्वउपाध्यक्ष भण्डारीको पक्षमा खुलेको जिल्ला नेतृत्वको समर्थन पाएको समूहले विवादबीच अधिवेशन गरेको हो ।अधिवेशनबाट धुलिखेलका सीबी लामाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । रमेश बुढाथोकी, सचिवमा अमन धिताल, सहसचिवमा राजेन्द्र लामा र सगुन थापा तथा कोषाध्यक्षमा शिवप्रसाद ढुंगेल निर्वाचित भएका थिए ।त्यस्तै संगठन विभागमा प्रमुख किरण तामाङ चयन भएका छन् । भण्डारी समूहले अवरोधको प्रयासका बीच १३ वटै पालिका कमिटीबाट प्रतिनिधित्व गराउँदै अधिवेशन गरेको बताएको छ भने ओली समूहले आफूलाई पेलेर जान खोजिएको र अनधिकृत रुपमा अधिवेशन गरिएको आरोप लगाएका छ ।