काठमाडौँ । गुन्डा नाइके तथा एमाले नेता चक्रे मिलन लाई ३० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । गुन्डागर्दी गरेको आरोपमा साउन १५ मा साम्बाला होटलबाट चक्रे समूहका १९ जना पक्राउ परेका थिए ।
उनीहरुविरुद्ध सरकारी वकिलले अभद्र व्यवहारको मुद्दा दायर गरेको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालले चक्रेलाई ३० हजार धरौटीमा छाड्न आदेश गरेका हुन् । थुनछेक बहसपछि अदालतले सबैलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो ।