Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गुण्डाका नाईके चक्रे मिलन एमालेको सदस्य भएको खुलासा,आज थुनछेक बहस,के आउला निर्णय ?

गुण्डाका नाईके चक्रे मिलन एमालेको सदस्य भएको खुलासा,आज थुनछेक बहस,के आउला निर्णय ?

काठमाडौँ । गुण्डाका नाईके चक्रे मिलनले आफु नेकपा एमालेको सदस्य भएको बयान दिएका छन । साउन १५ मा साम्बाला होटलबाट पक्राउ परेका उनको समुह माथी नै अनुसन्धान भई रहेको छ । उनी आफ्नो जन्म दिन मनाउँदा मनाउँदै साम्बालाबाट पक्राउ परेका थिए । उनले आफू नेकपा ९एमाले०को पार्टी सदस्यको रूपमा काम गरिरहेको बताएका छन् । उनको समूहका १९ जनाको मुद्दामा आज थुनछेक बहस हुँदै छ । काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुन लागेको हो ।

सरकारी वकिल कार्यालय काठमाडौँले मंगलबार उनीहरू विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा अभियोग पत्र दायर गरेको थियो । उनीहरु सँगै प्रहरीले ४७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये २८ जनालाई भने छाडिएको थियो । १९ जनालाई भने परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।हिरासतमा रहनेहरूमा चक्रेसँगै गणशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्का छन् ।त्यस्तै, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर,उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही छन् ।मध्यराति चक्रेको जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरूलाई समातेको थियो । महाराजगञ्जको होटल साम्बालामा चक्रेको जन्मदिनको पार्टी चलिरहेको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।गुण्डागर्दीमा संलग्न आरोपमा पक्राउ परेका चक्रेले अनुसन्धान अधिकृत र सरकारी वकिलसँगको बयानमा आफू नेकपा एमालेको गोरखा जिल्ला पार्टीको सदस्य भएर सामाजिक सेवामा सक्रिय रहेको बयान दिएका हुन् ।

बयानमा उनले पार्टीगत रूपमा आयोजित विशेष कार्यहरूमा सहभागी भई संयोगात्मक कार्य गर्दै आएको बताएका छन ्। चक्रेले आफू केही वर्षदेखि सामाजिक सेवा र राजनीतिक पार्टीमा आबद्ध भएर समाजसेवा गर्दै आएको जिकिर गरेका छन् । उनको समूहबाट प्रहरीले खुकुरी पनि बरामद गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यकाअनुसार एउटा गाडीबाट २ थान खुकुरी बरामद भएको छ । उक्त खुकुरी र रडहरु आफ्नो सुरक्षाका लागि राखेको उनले बताएका थिए ।गाडीको लावालस्करसहित बाटो समेत अवरुद्ध गरेर चक्रेलाई स्कर्टिङ गरेको भिडिओ सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निगरानी बढाएको थियो । साथै केही थान रडहरु पनि बरामद भएका थिए । २०६२÷६३ को जनआन्दोलनपछि महाराजगञ्जमा चक्रे मिलन, ठमेलमा दिपक मनाङे, चाबहिलमा राजु गोर्खाली गुण्डागर्दीमा संलग्न समूहको नाइकेका रुपमा उदाएका थिए । पछि यिनै समूहमा जोडिएर गणेश लामा, दावा लामा लगायतका व्यक्तिहरु समेत गुण्डागर्दीमा जोडिएका थिए ।