काठमाडौँ । सहकारी ठगी प्रकरण अहिले भयाबह बन्दै जादाँ बास्तविक पिडितहरुले न्याए पाएका छैननर भने पिडकहरुले सजाय पाएका छैन । राजनितीक संरक्षा रहेकाहरु सहकारी ठगी मुद्धाबाट धमाधम सफाई पाई रहेका छन भने कसैमाथी प्रतिशोधको ब्यबहार भई रहेको आरोप लागिरहेको छ । अहिले सहकारी ठगी आरोप लागेर मुद्धा दर्ता भएकी काँग्रेसकी माया राई धरौटिमा रिहा भएर नियमीत काममा फर्कि सकेकी छिन्, लेखा समितीका सभापति ऋिषीकेश पोखरेलकी श्रीमती अञ्जला कोईराला पनि एकदिनमै धरौटिमा रिहा भईन ।
तर, रास्वपाका सभापति रवि लामिछाने कारागार चलान भएका छन । उनीमाथी प्रतिशोध पुर्ण ब्याबहार भएको भन्दै अहिले चौतर्फी आलोचना भई रहेको छ । यता काँग्रेसका उपसभापति धनरानज गुरुङलाई पनि सफाई दिने तयारी भएको छ । उनीमाथी बयान लिए पनि प्रतिवादी नबनाइ मुद्धा दर्ताको तयारी भएको छ । ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सहकारी वकिल कार्यालय, काठमाडौंमा पेस गर्ने तयारी भएको छ । उक्त घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले गरिरहेको छ । सिआइबीका अनुसार यस प्रकरणमा ज्योतिबहादुर भण्डारी, सुवास खत्री, सुरेश अधिकारी, ज्योति गुरुङ, हितमान थापा र प्रकाश थापालाई प्रतिवादी बनाइएको छ । तर, घटनामा संलग्न रहेको आरोप लागेका सत्तारूढ दल कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङलाई भने प्रतिवादी नबनाई उन्मुक्ति दिइएको छ । प्रतिवादीमध्ये ज्योतिबहादुर, सुवास र सुरेश पक्राउ परेका छन् । बाँकी अभियुक्तविरुद्ध ६ असोज ०८१ मा नै पक्राउ पुर्जी जारी भए पनि फरार नै छन् । उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ ।
मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारे सीआईबीले अनुसन्धान गरिरहेको छ । सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सीआईबीमा जाहेरी दिएका थिए । धनराज गुरुङकी पूर्वपत्नी ज्योतिसो सहकारीको प्रबन्ध निर्देशक हुन् । बर्दिया घर भएका ज्योति भण्डारीले पनि सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको भेटिएको छ । गत भदौ ६ गते मितेरी सहकारी सञ्चालक समितिका अध्यक्ष कुम्भराज गुरुङले सहकारी ठगी प्रकरणमा कांग्रेस नेता गुरुङकी पूर्वपत्नी ज्योतिसहितका व्यक्ति संलग्न भएको र यो विषयमा नेता गुरुङ पनि जानकार रहेको भन्दै संसदीय छानबिन समितिमा खुलाएपछि उक्त प्रकरण बाहिरिएको हो ।धनराजकी पूर्वश्रीमती ज्योति गुरुङ २०५७ सालदेखि सहकारीमा कार्यरत थिइन् ।
२०७५ सालमा उनलाई सहकारी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो । सोही क्रममा उनले रकम अपचलन गरेको सञ्चालक समितिका सदस्यहरुको दाबी छ ।धनराज स्वयंले पनि सहकारीबाट ऋण लिएको स्वीकारी सकेका थिए । सहकारी छानबिन संसदीय विशेष समितिले सहकारी रकम अपचलनमा मुछिएका नेपाली कांग्रेसका नेता धनराज गुरुङसँग पनि बयान लिएको थियो । सिआइबीका अनुसार कांग्रेस उपसभापति धनराज प्रतिवादी छैनन् । उनको संलग्नता नदेखिएको हुँदा प्रतिवादी नबनाइएको सिआइबीका एसएसपी होबिन्द्र बोगटीले बताए । सिआइबीले ५६ दिनदेखि ठगी तथा संगठित अपराधअन्तर्गत घटनाको अनुसन्धान गरिरहेको छ । ठगीमा ज्योतिबहादुरसहित सुवास मुख्य योजनाकार रहेको सिआइबीको निष्कर्ष छ । ।